काठमाडौं । आफ्ना जोगाउने अरुलाई फसाउने ओली सरकारको रणनीतिमा सहकारी ठगी त छँदैछ । अब देशका सार्वजनिक जमिन कब्जा गर्ने, हदबन्दी भन्दा बढी जमिन बेच्न दिने नीति लिइँदैछ । आयुर्वेदिक औषधि कारखाना बनाउने र जडीबुटी खेती गर्ने नाममा पतञ्जलि योगपीठले काभ्रेमा लिएको जमिनसँग सार्वजनिक जमिन थपिदिएबापत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निलम्बनमा परेका छन् ।
पतञ्जलिले जडीबुटी खेती गर्ने भनेको थियो ।संसदमा पराजित भएपछि संविधानसभा सांसद बनेर कांग्रेस एमाले गठबन्धन सरकारका प्रधानमन्त्री बनेका बेला माधव नेपाल नेतृत्वको सरकारले तत्कालीन एमाले सांसद इच्छाराज तामाङको जग्गा प्लटिङमासमेत विवादित थिए । त्यो बेला उनको नाममा विष्णु रिजालले राम्रै कमाइ गरे । चन्द्रागिरी केबुलकार पनि त्यस्तै हो । आज रिजाल माधव नेपाल छाडेर एमालेमै छन् । उनी मात्र होइनन्, एमालेले विभाजन गर्न उकास्ने सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, रघुवीर महासेठ, गोकर्ण बिष्टलगायतका दश भाइमध्ये रघुजी पन्थ शिक्षामन्त्री भएका छन् ।
योगेश भट्टराईले प्रधानमन्त्रीको वरिपरि रहेका छन् । माधवलाई पतञ्जलिले मात्र फसाएन ललिता निवास प्रकरणले समेत फसाएको थियो । ललिता निवासमा सबै जोगाउने काम प्रधानमन्त्री केपी ओलीले नै गरेका हुन् । सरकारले जुन उद्देश्यले जमिन दियो, त्यो उद्देश्य विपरीत प्लटिङ गरेर घडेरी बेच्ने काम भएको छ । एकीकृतका अध्यक्ष नेपाल फसेका पनि त्यही कारणले हो ।