क–कसले गर्दैछ गृहमन्त्रीको संरक्षण

राजनीति समाचार

काठमाडौं । संसदमा गृहमन्त्रीको राजीनामा मागिँदै छ । माओवादीले जे भन्छ त्यो मान्दैनौं भन्दै उफ्रिएका छन् । हिजो रवि लामिछानेलाई संसदमा बोल्न नदिने प्रमाणको थुप्रो कान्तिपुर दैनिक ठान्ने गगनहरु समेत विवादमा आएपछि पद त्यागेर छानबिनमा सहयोग गर्नुपर्छ भन्छन्, तर,तीर्थराज भट्टराईलाई भिजिट भिसा प्रकरणको मास्टरमाइन्ड बनाएको कुरा प्रमाणित भएकै छ । दैनिक ५० लाखको कारोबार भएको सो काण्ड नेपालमा कम हुँदा भारतको बाटो हुँदै गरिएको कुरा त्यहाँ फिर्ता भएका युवाहरूको लस्करले पुष्टि गर्छ । नक्कली भुटानी शरणार्थीको विषय र भिजिट भिसा प्रकरणको विषय एकै प्रकृतिको अपराध हो ।

तर भुटानी शरणार्थी प्रकरण मुद्दामा मुछीएका व्यक्तिहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।तर, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरु नै त्यसमा जोडिएका छन् । यो देशको राजनीतिज्ञ किन यति विघ्न भ्रष्ट भएका छन् । यसरी कमाएको पैसाले मृत्यु भएपछि सँगै लैजान पाउने अवस्था छैन । तर, कर्मचारी,नेताहरु कमाउन मै व्यस्त रहेका छन् । समाजप्रतिको दायित्व नभएकाहरूले शासन गर्दा कानुनको सीमा पनि हेरेका छैनन् । सरकार पेलेर जान थालेको छ । कथित दुई तिहाई हाराहारी सरकारले देश र जनताको काम गर्न सकेको छैन । माफिया र तस्करको हित भन्दा फरक दखिएको छैन । विद्युतकै विषयमा ऊर्जा मन्त्री र अर्थमन्त्री गेट एण्ड पेको विवादमा फसेका छन् । अर्थमन्त्रीलाई माफियाले फसाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *