जानेन्द्र शाहीले पारे ३४ लाख झ्याप्प

राजनीति समाचार

काठमाडौं । राजाका बारेमा चर्का कुरा गर्ने ज्ञानेन्द्र शाही आफंै संकटमा परेका छन् । उनी जुम्ली हुन् । तर फटाहाको राज गर्दै आएका छन् । कोरोना कालमा लुटे, स्नातक पास छैनन् । ऋषि धमला स्टाइलबाट राजनीतिमा छिरेका व्यक्ति हुन् । झापामा चिया बगानको गोठाले एकाएक राप्रपाको सांसद, होटल एलो प्यागोडाको साहुजीसँग लिएको ३४ लाख पच पारेर त्यसले गर्दा दिल विकास राजभण्डारीको सपना चकनाचुर भएको छ । उनले विद्युत हाइ टेन्सनको तारमुनिको घर राप्रपालाई दान दिएर केवल पाए खोक्रो आश्वासन ।

अमेरिकाले राजावादीको नाममा फटाई गर्ने कमल थापा, गणतन्त्रका नायक शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, राप्रपाका ज्ञानेन्द्र शाहीसम्मको भिसा रोक्दैछ । राजतन्त्र भएका ४६ मुलुकका देशले दिने अनुदान देखेनन् । नर्वे, जापान, डेनमार्क, साउदी अरब र स्विजरल्यान्ड जस्तो मुलुकबाट देशमा कति सहयोग आउँछ त्यो हेर्दैनन् ।

यो मुलुक देउवा र केपीको लागि कमाउने र तिनकै व्यापारी उद्योगीको हितमा काम हुने गर्छ । गणतन्त्र हो, गणतन्त्र तिनैले ल्याए कोइरालाले न्याय दिएनन्, दरबारले न्याय दियो भन्ने देउवा प्रतिगमनमा आधा सच्चियो भन्दै खुट्टा उचालेर सत्तामा जाँदा एमाले रमिते बनेकै थियो । राजा ज्ञानेन्द्रले सत्ता ‘क’ु गर्दा आजका शिक्षामन्त्री पन्त इराक घटनाका बेला श्रम तथा रोजगार मन्त्री थिए । आज यिनैलाई एमालेले दश भाइको तर्फबाट शिक्षामन्त्री बनाएका छन् । तर, शिक्षाभित्र के–कस्तो काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *