काठमाडौं । सत्ता बिना टिक्न नसक्ने विपक्षी दल माओवादीका अध्यक्ष ‘प्रचण्ड’ दाहाल डा. शेखर कोइरालाले चलाएको आन्तरिक बार्गेनिङबाट उफ्रिएका छन् । जहाँ जोसँग भेटे पनि गफमा मस्ति हुने गरेका प्रचण्ड, आफैले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई विद्या भण्डारीसँग भेट्दा रिसाएका छन् । प्रचण्डलाई काजीले रिपोर्ट बुझाएनन् । ३२ सिटे माओवादीको फुर्ति कहिले कांग्रेससँग कहिले एमालेसँग सत्ता एकीकरण भएकै हो । प्रचण्डको नेतृत्वको सरकारको साख नारायणकाजी गृहमा छँदा जति बढ्यो, अरु बेला थिएन । तर प्रचण्ड म मात्र सर्वेसर्वा भन्दै गर्दा केपी ओलीको शैलीमा प्रस्तुत हुँदै छन् ।
सुनतस्करी र रक्तचन्दन तस्करी गर्ने प्रचण्ड समूहका थिए । कृष्ण महराको भेपकाण्ड र रोशनी काण्ड पूर्व उपराष्ट्रपति पुत्रको सुनकाण्ड, वर्षमान पुनको बहिनीको चीनीयाँ व्यापारीसँगको सम्बन्ध, जस्ताकाण्ड, १० वर्षीय जनयुद्धले देखाएको बाटो थिएन । प्रचण्ड आफंै परिवारवादमा रमाएकै कारण उनीप्रतिको मोह जनयुद्धका कमाण्डरहरूले आफ्नो हैसियतका संगठनमा सक्रियता देखाएको कुरा जनार्दन शर्माले विद्यार्थी र वाईसीएल पत्रकारितामा आफ्नो उपस्थिति देखाए ।
प्रचण्डका गल्ती धेरै छन् । आत्मआलोचित हुन धक नमान्ने नेताका रुपमा भएतापनि उनीसँग छुट्टिएकाहरू पुन जोडिन चाहेका छैनन् । प्रचण्डको समाजवादी मोर्चा केवल नेकपा एमालेलाई धम्काउने अस्त्र भएको छ । विचारको राजनीति छाडेर एमालेको ओलीपथ जस्तै प्रदर्शन गर्न थालेका छन् । माओवादीको जनयुद्ध र वार्ताबाट कमाएको कर्म बनाएका नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपतिलाई भेट्दा माओवादी कहाँ घट्यो ? माओवादीले सरकारको तर्फबाट भूपु विशिष्टहरूलाई राज्य स्रोतको खर्च गरेर पाल्ने नियम बनाउने हल्ला गर्दा विरोध गरेनन् ।
ओली सरकारमा गलत कामको भण्डाफोर संसद र पार्टीका फोरममा जति भए, सडकमा नहुँदा माओवादी खस्किएको छ । जनताले दिएको साथ घट्दो छ । तर पनि आन्तरिक विवाद चर्किदै गर्दा डा. शेखरसँगको भेटघाटको उपलब्धि प्राप्त हुने छाँटकाँट छैन ।
