प्रचण्डमाथि आइलाग्यो उल्झन

लेख

काठमाडौं । माओवादी केन्द्रमा महासचिवको आकांक्षीहरू बढेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हैरानीमा परेका छन् । माओवादी केन्द्रमा आधा दर्जन नेताहरू महासचिवको आकांक्षी छन् । वर्षमान पुन महासचिव बन्ने होडमा छन् । उनी पहिले सचिव थिए । उनको भुगोल पनि जनयुद्धको थलो रोल्पा भएकाले उनको यसपटकको दाबी स्वभाविक नै हो । उपराष्ट्रपति पुनः पनि रोल्पाकै हुन् । उपाध्यक्ष पद पनि रोल्पाकै कृष्णबहादुर महरालाई जाने निश्चित छ । माओवादीमा नै पदको लागि भीड छ भने एमाले र कांग्रेसमा भिडन्त हुनु नौलो मानिँदैन ।

माओवादीमा रोल्पा, रुकुम, गोरखा, सिन्धुली, धनुषा, रामेछापजस्ता जिल्ला जनयुद्धका बेला पनि चर्चित भएकाले त्यहाँका नेताले ठूलो पद पाउने अपेक्षा गर्नु नौलो भएन । भ्रष्टाचारी त्यहाँ पनि छन् । बाग्लुङका देवेन्द्र पौडेल शिक्षामन्त्री, रुकुमका जनार्दन शर्मा अर्थमन्त्री, कपिलवस्तुकी पम्फा भुसाल ऊर्जामन्त्री, ललितपुरकै चेली प्युठानी बुहारी शशी श्रेष्ठ भूमिसुधार मन्त्री छिन् ।
पार्टीमा पदाधिकारी पदको लागि यी सबै आकांक्षी हुन् । तर, जेष्ठता हेरिएको छैन । निष्पक्ष हुने हो भने माओवादीले महासचिव लिलामणि पोखरेललाई बनाउनुपर्छ । विषयको उठान राजनीति प्रस्तुति उनको चोटिलो छ ।

अध्यक्ष प्रचण्ड सर्वसम्मत भए पनि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ नै काफी छन् । पार्टीमा भाग खोज्ने श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष पाएपछि लिलामणिलाई बोक्दैन । किनकि काजी भनेका आफ्नै धरातल गोरखामा स्थापित हुन नसकेर मधेसतिर नजर लगाएका छन् । चुनाव हारे पनि राष्ट्रियसभामा सदस्य भएका छन् । देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश पुनः, हितमान शाक्यजस्ता नेताहरूका अगाडि युवाहरू लेखनाथ न्यौपाने, हिमाल शर्माले जिम्मेवारी पाएका छन् । त्यो नै काफी छ त प्रश्न उठिरहेको छ । अध्यक्ष प्रचण्डले पदाधिकारी सर्वसम्मत बनाउन कसरी सक्छन् ? जहाँ कृष्णबहादुर महराहरूलाई पार्टीमा व्यवस्थापन नगरी भएकै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *