ट्राफिकमा नयाँ जात्रा

समाचार

यता ट्राफिक प्रहरीको छुट्टै अंग बनेको ट्राफिक प्रहरीले सवारी चालकहरूको सुविधाभन्दा पनि आफ्नै सुविधाका लागि ल्याउने योजनाले सर्वसाधारण हैरान छन् । पहिला कोरोना कहरको लहरमा ट्राफिक प्रमुख बनेका भीम ढकाल अहिले एयरपोर्टको कमाण्डमा पुगेका छन् । जो प्रमुख बन्छ, उसले ल्याएका योजना स्थायी नबन्दा सडक यातायात सुधारको लागि स्थानीय तह र सहयोगीहरूको लगानी खरानी हुने गरेको छ ।
ढकालको समयमा काठमाडौं महानगरपालिकाको लगानीमा सडक दुर्घटना कम गर्न ट्राफिक मस्कटको व्यवस्था गरे । राजधानीका ठूला चोकहरूमा ट्राफिक उल्लघंन र दुर्घटना कम गर्न सहयोग पुगेको तत्कालीन एसएसपी भीम ढकाल बताउँथे । जनक भट्टराईले ती सबै मस्कट हटाएर रमिता देखाएका छन् । भट्टराईको पालामा ट्राफिकले नयाँ योजना ल्याएन । अहिले ट्राफिक महाशाखामा सवारी गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने अभियान चलाएको गर्व गर्दैछ ।
तर, ट्राफिकले ठाउँको ठाउँ कारबाही गर्दा दिक्क भएका सवारी चालकहरूले शिकायत गर्न भने महाशाखामै पुग्नुपर्ने बाध्यताले ट्राफिकको नयाँ योजना आलोचित हुँदैछ । जथाभावी गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई सडक मस्कटले सचेत गराएको दाबी गर्ने पनि त्यही ट्राफिक हो । महानगरले प्रतिमस्कट ७५ हजारभन्दा बढी खर्च गर्दा ३ लाख ७५ हजार भए पनि झण्डै ९ लाख त्यो बेला खर्च ग¥यो । तर, त्यसको महत्व र दुर्घटना सचेतनाप्रति ट्राफिकले मतलब नगरेको एक ट्राफिक प्रहरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *