जनक शिक्षा डुबाउने खेल जारी

प्रशासन

काठमाडौं । तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले उनका एक जना सहयोगी पत्रकारमार्फत जनक शिक्षा सामाग्री केन्द्रमा विवादित पात्रलाई नियुक्त गरे । एक वर्षअघि त्यहाँ नियुक्त भएका अनिलकुमार झाले आफ्नो कर्तुतहरू देखाउन थालेका छन् । झाले सरकारी संस्थानलाई रसातालमा पु¥याउने ढंगले काम प्रारम्भ गरेका छन् । झाकै सक्रियतामा कागज खरिदमा चरम आर्थिक घोटाला भएको कर्मचारीहरूले आरोप लगाउन थालेका छन् । जसरी यसअघि जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योगदेखि दर्जनौँ सरकारी उद्योगहरू डुबाए अहिले जनक शिक्षा सामाग्री केन्द्र डुबाउनका लागि केही भ्रष्ट कर्मचारी, निजी प्रकाशन गृहरू हात धोएर लागेका छन् । त्यसकै एउटा उदाहरण हो जनक शिक्षा सामाग्रीको कागज खरिदको नाममा भएको घोटला प्रकरण । यो प्रकरणमा एउटा विवादित र बद्नाम कम्पनीलाई जोइन्ट भेञ्चरमा टेण्डर दिलाएर फेक रिर्पोट बनाइएको समेत भेटिएको छ ।
जनक शिक्षालाई डुबाउने धन्दामा यस पटक विथ ल्याब नामक कम्पनीका सञ्चालकसहितका केही गिरोह लागिपरेका छन् । विथ ल्याबका सञ्चालक हुन् बिके भण्डारी । एउटा मामुली सरकारी कर्मचारी । तत्कालीन मन्त्री वर्षमान पुनको सचिवालयमा काम गरिरहेका उनी रातारात विथ ल्याबका सञ्चालक बने र एक वर्षमै ५०औँ करोड कमाए कोरानाको किटको व्यापार अर्थात् पिसिआर धन्दा चलाएर । तिनै विथ ल्यावका सञ्चालकहरूका कारण अहिले जनक शिक्षा विवादमा तानिएको छ र त्यहाँका हाकिम पनि यो फन्दामा मुछिएका छन् । केही महिना अघिमात्र जनक शिक्षा सामग्री केन्द्रले ६ हजार मेट्रिक टन ‘उड फ्रि’ कागज खरिद गर्नका लागि टेन्डर आह्वान गरेको थियो । तर, सो टेण्डर रद्ध गरी फेरि दोस्रो पटक टेण्डर खोल्ने नाममा कम्पनीलाई ४ करोड नोक्सानी हुन पुगेको छ । कम्पनीले विथ ल्यावलाई कागज खरिदको ठेक्का दिनकै लागि अरु कम्पनीहरूले भागै लिन नसक्ने गरी स्पेसिफिकेसनसमेत तयार पारेको कर्मचारीहरू सुनाउँछन् । बोलपत्रमा यस्ता सर्त राखेर दोस्रो पटक टेण्डर आह्वान गरेसँगै जनक शिक्षाले विथ ल्याव कम्पनीसहित तीन वटा कम्पनी मिलेर जोइन्ट भेन्चरमा टेन्डर प्रक्रियामा सहभागिता जनाएको थियो । तर, विथ ल्याव कोरोना कालपछि चम्किएको मेडिकल सामग्रीसँग सम्बन्धित काम गर्ने ओम्नीझैं बद्नामी कमाएको कम्पनी हो, जोसँग कागज सप्लाइ गरेको अनुभव छैन । बोलपत्रमा तीन वर्षको कार्यअनुभव पनि मागेको थियो । स्रोतका अनुसार उनीहरूले अहिलेसम्म कागजको काम नगरेकाले कार्यअनुभव नै छैन । सम्झौता गर्दा सुरुमा चीनबाट उच्च गुणस्तरीय कागज ल्याउने सम्झौता गरिएको भए पनि सम्झौताअनुसार कागज ल्याउन नसकेपछि रातारात सम्झौता नै परिवर्तन गरेर विथ ल्यावलाई पोस्ने काम भएको कर्मचारीहरू बताउँछन् । पछि उसलाई भारतबाट कमसल कागज ल्याउन अनुमति दिइएको शिक्षा मन्त्रालयका अधिकारीहरू जनाउँछन् । विथ ल्यावले भारतबाट ल्याएको कागज नै गुणस्तरहीन भएको पाइएको थियो र पनि जनक शिक्षाले भुक्तानी दिएको थियो । नेपालका कागज उत्पादक कम्पनीलाई टेन्डर प्रक्रियामा सहभागिता जनाउनै नसक्ने गरी तर जोइन्ट भेन्चरवाला कम्पनीले भारतको सिल्भर टोभ पेपर्स उद्योगबाट कागज ल्याएको थियो । सो कागज नेपालको नापतौल तथा गुणस्तर विभागबाट परीक्षण नै नगरी भारतस्थित उत्तरप्रदेशको ‘भारतीय प्राद्यौगिकी संस्थान रुड्की, सहारनपुर परिसर’ बाट गत ४ जनवरीमा परीक्षण गरिएको थियो । त्यहाँ परीक्षण गर्दा कागज नै कम गुणस्तरको पाइएको थियो । सो रिपोर्टलाई सच्याएर नेपालको जनक शिक्षा सामग्री केन्द्रले उच्च गुणस्तरको भन्दै भुक्तानी दिएको भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *