भाटभटेनी सुपरमार्केट ग्राहक ठग्दै

समाचार

काठमाडौं । नेपालमा सबैभन्दा चलेको सुपरमार्केट भाटभटनीले ग्राहक कतिसम्म ठग्छ भन्ने कुरा छर्लंग भएको छ । भाटभटेनीले उद्योगले दिएको सामानको प्याकमा टाँसेको स्टिकर रिलेबलिङ गरेर ग्राहक र उपभोक्तालाई ठग्दै आएको छ । उत्पादित वस्तुको तोकिएको मूल्यमा २० प्रतिशत नाफा लिन पाउने उपभोक्ता ऐन, २०७४ ले व्यवस्था गरेको छ । तर भाटभटेनीले उद्योगबाट प्याकिङमा आउने बच्चादेखि बुढाबुढीलाई खुवाउने सेरलेस, सकोचजस्ता वस्तुमा मात्र होइन महंगो चामल, आटा र पिठोका प्याकेटमा भएको मूल्य छोपेर आफैंले स्टिकर टास्ने गरेको छ ।
स्थानीय प्रशासनले ठाउँको ठाउँ यस्ता गतिविधिमाथि रोक लगाई कारबाही गर्नुपर्ने हुन्छ । तर गरेको पाइँदैन । अुनगमन टोलीले २४ घण्टे पत्र थमाएर फर्किन्छ । यो बिचमा वाणिज्य विभागसम्म घुस दिए कालोबजार चम्किने गरेको छ । यस्ता उदाहरण धेरै छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ बेपत्ता सूचीमा छन् । भाटभटेनी अहिले नेपाली नेताहरूको अवैध धन लुकाउने स्थान बनेको छ भनिन्छ । गुरुङसँग माओवादी, एमाले, कांग्रेस, मधेसी दलका नेताहरूको राम्रो उठबस छ । त्यससँगसँगै मन्त्रालयका सचिव र विभाष्गका महानिर्देशकसम्म सम्बन्ध राखेर व्यवसाय चलाएका मीनबहादुरले सपुरमार्केटप्रतिको जनविश्वास गुमाउँदै आएका छन् ।
तर अनुगमनकर्ताले कारबाही गरेको सूचना आउँदैन र खाली विज्ञापनमात्र आउने गरेको छ । भाटभटेनी सपुरमार्केटमा सडेगलेका सामानमा नयाँ लोगो, नयाँ मिति राखी विक्री वितरण हुँदै आएको छ । यस्ता सुपर मार्केटलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारले सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *