कांग्रेसमा दक्षिण भक्त सबै एकै ठाउँमा

समाचार

काठमाडौं । भारतले सीमा मिच्छ तर मधेसी नेताहरू चुइँक्क बोल्दैनन् । नेपालको रक्षा मधेसी नेताले गर्छन् भन्न नथाक्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई अब कांग्रेसका एक दर्जनभन्दा बढी नेताहरूले साथ दिने भएका छन् । पार्टीको खस्केको हालत उकास्न नेकपाभित्रको भाँडभैलोलाई राम्रै प्रयोग गरेका कांग्रेसीहरू पार्टी सभापतिविरुद्ध मोर्चा बनाउँदैछन् ।
कांग्रेसमा कृष्ण सिटौला, प्रदीप गिरी, रामचन्द्र पौडेल, अमरेश सिंह, गगन थापा, डा.शेखर कोइराला, विमलेन्द्र निधि, चन्द्र भण्डारी, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीको टोली दक्षिणको सेवक भएको बताइन्छ । यो टोलीले सीमा मिचिँदा, महाकालीमा देउवाकै नेतृत्वमा राष्ट्रघात हुँदा, कांग्रेस समाजवाद जपेर पार्टीका सभापति एवं प्रधानमन्त्री देउवा विरोधी मोर्चा बनाएको यो टोलीबाट तत्कालको फाइदा हेरेर कृष्ण सिटौला अलग भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच दलीय गठबन्धनबाट हटाउन बाध्य पार्ने योजना भारतकै डिजाइनमा हुँदैछ । रामचन्द्र पौडेलले यो कदमको विरोध गर्दैछन् । भारतले नै नेकपा एमालेलाई नै आगामी स्थानीय तहको चुनावमा ठूलो दल बनाउन चाहेको बताइन्छ । भारतले कम्युनिस्टबाट धेरै फाइदा लिएको बताइन्छ ।
भारतीय पक्षले महन्थ ठाकुर, राजेन्द्र महतोभित्र पनि आफ्ना जासुसहरू छिराएको बताइन्छ । महन्थले लोकतान्त्रिक समाजवादी पार्टीमा आफ्नो टिमको वर्चश्व जिल्ला अध्यक्ष मनोनित गर्नुमा पनि डिजाइन भित्रकै खेल रहेको बताइन्छ । ठाकुरको पार्टीका शरदसिंह भण्डारी, अनिल झाहरू पनि दक्षिणकै दूत भनेर चिनिन्छन् ।
भारतले माओवादी र एमालेमा पनि यस्तै दूत खडा गरेको छ । राम कार्की, नारायणकाजी श्रेष्ठहरू क्रान्तिकारी दूत हुन् । डा.बाबुराम भट्टराई जसपामा गइसके । एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल भारतीय झुकावका नेता मानिन्छन् । सुवास नेम्वाङ युरोपेली युनियन, अग्नि खरेल अमेरिकी लगानी डिएफआइडीको योजनामा चल्ने बहुदलीय जनवादका डिजाइनर मानिन्छन् । यस्ता नेताबाट मुलुकको रक्षा र राष्ट्रिय अखण्डताको संरक्षण कसरी हुन्छ शंका छ । किनकि कांग्रेसभित्र एडिबीको अनुदानप्राप्त कृषि व्यापार आयोजनाबाट बाख्रा पालनको अनुदान लिएर हजम गर्ने गगनहरूको बथान ठूलो छ । सरकार प्रमुख शेरबहादुर देउवा भने अमेरिकी अनुदान एमसिसीमै रमाएका छन् । जुन परियोजना नेपालको हितमा छँदैछैन । तर, नेपालले स्वीकार नगरी भएकै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *