मर्यादा भुल्दै, डुल्दै कांग्रेसी नेता

राजनीति

काठमाडौं । अर्थहीन वार्ताले निकास दिँदैन । कांग्रेस सभापतिको प्रतिस्पर्धी डा.शेखर कोइराला स्थानीय चुनावमा पार्टीले कसैसँग गठबन्धन नगर्ने घोषणा गर्ने पहिलो नेता हुन् । नेता कोइराला मात्रै होइनन्, नेता गगन थापा महामन्त्रीमा चुनिए पनि पदीय मर्यादाको ख्याल गर्दैनन् । महामन्त्री थापाले मात्र होइन, विश्वप्रकाश शर्माले समेत मर्यादा भुलेका छन् । पार्टीको आधिकारिक धारणा नआउँदै महामन्त्रीहरूले पार्टी सभापतिका प्रतिस्पर्धी डा.शेखर कोइरालाको बोलीमा लोली मिलाए । संस्थापन पक्षको मात्र होइन, आफ्नै हैसियतसमेत बचाउन असफल रामचन्द्र पौडेलले पोखरामा ‘गठबन्धन तोडेर वामपन्थ एक हुने बाटो कांग्रेसले खोल्दा घाटा कांग्रेसलाई नै हुन्छ’ भन्न पुगे । कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा भ्रष्टाचार बढेकाले आगामी दिन झन् सकस हुनेसम्म भन्न भ्याएका छन् । डा.शेखरलाई दुई घन्टा छलफलमा राखेर एमाले अध्यक्ष केपी ओलीले कुनै नयाँ उपलब्धी प्राप्त गरेका छैनन् । बरु ओलीले अमेरिकी अनुदान एमसिसी पारित गर्नका लागि दक्षिणका दूतसँग गरेको भलाकुसारीबाट पार्टीलाई फाइदा होला भन्नु नै गलत छ ।
डा. शेखरले भन्दा रामचन्द्रका कुराको समेत छेउ कुनो आउँदैन । शेखरलाई सभापति बनाएर आफ्नो अस्तित्व ध्वस्त बनाएका प्रकाशमान सिंह, विमलेन्द्र निधिले समेत अबका दिनमा पार्टीको नेताका रूपमा भन्दा व्यक्तिगत स्वार्थ हेर्न सक्छन् । युवाको नाममा गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्माहरू जे कुरामा पनि सभापतिको टिमले भनेको वास्ता गर्न छाडेका छन् । डा. शेखर र एमाले अध्यक्ष ओलीबीच भएको भेटले अवरुद्ध संसद सहज हुने अपेक्षा गर्नेहरूलाई भने दक्षिणको आग्रह नेपाली सत्तापक्ष र प्रतिपक्षको मिलन कदापी सम्भव देखिँदैन । डा.शेखरलाई कांग्रेसमा बौद्धिक नेता मानिन्छन् । तर, आफैँले उग्रता प्रस्तुत गर्दा जनताले नपत्याएको कुरा किन स्मरण गरेनन् ? कोइराला पार्टी भित्रकै डा.शशांक र सुजातासँग भड्किनुको भित्री कुरा समयले पर्दाफास गर्दैछ । बालुवाटार सूत्र भन्छ– ‘प्रतिपक्ष दलका नेतासँग प्रधानमन्त्री तथा पार्टी सभापति देउवाकै वार्ताबाट निकास प्राप्त हुने–नहुने निश्चित छैन । केन्द्रीय सदस्य डा.शेखरको वार्ताको के तुक छ र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *