राजधानीमा यौनधन्दा र चोरीका घट्ना बढ्दै, प्रहरी बढुवा खाँदै

समाचार

काठमाडौं । नेपाल प्रहरीमा विगत लामो समयसम्म बढुवा रोकिएको छ । यसबारेमा सरकारले केही सोच्न सकेको छैन । नेपाल प्रहरीभित्र व्यापक घुसपैठ चल्ने गरेको कारण सरुवा–बढुवा, दरबन्दी थपघट हुन सकेको थिएन । बल्लतल्ल थपिएका एआइजीको दरबन्दी पनि राज्यका लागि भन्दा पनि व्यक्तिको लागि फाइदाजनक भएको छ । राज्यलाई ठूलो मात्रामा आर्थिक भार पर्ने भएको छ । सरकारले अनावश्यक रूपमा दरबन्दी थप गरेर आफ्ना निकटतम् प्रहरी अधिकृतको चित्त बुझाउने काम गरेको छ । नेपाली कांग्रेसका गृहमन्त्री बालकृष्ण खा“डलाई कोसेली पु¥याएको भरमा तीन एआइजी थपिएको बताइन्छ । प्रहरीमा जतिसुकै आइजी बनेका छन्, खाली भ्रष्टाचारमा कहलिएको बताइन्छ । आइजी भएपछि प्रहरी संगठनको बारेमा ठोस योजना र जनतालाई सेवा दिने भन्दा पनि आफूलाई कहा“बाट कसरी फाइदा हुन्छ भन्दै भ्रष्टाचारमा लाग्ने गरेको र भ्रष्टाचार गरी कमाएको पैसा राजनीतिक दलका नेतालाई बृफकेशमा भरेर पु¥याएर आर्शिवाद र विदेशीको इशारामा आइजिपी हुने चलन छ । तर, प्रहरीमा जति बढुवा भएका छन् चाकडी चाप्लुसी र पैसाको भरमा बढुवा भएका छन् । बढुवा भए पनि प्रहरीले शान्ति सुरक्षा, चोरी लागुपदार्थ, यौनधन्दा, पाकेटमारलाई नियन्त्रणमा ल्याउन सकेको छैन । हाल काठमाडौं, भक्तपुर, ललितपुर क्षेत्रमा खोलिएका भट्टी पसलदेखि बसपार्क वरिपरि रहेका होटल, रेस्टुरेन्ट, गेष्ट हाउसमा देहव्यापार चलिरहेको छ । ति अधिकांश स्थानमा तास खेलाएका छन् । गा“जा ओसारपसार भइरहेको छ । तर, प्रहरीले यस्ता कार्य नियन्त्रण गर्नुको साटो दोस्ती बढाएर महिनावारी असुल्ने गरेका छन् । लागुपदार्थ ओसारपसार भइरहेको छ । यस्ता विषयमा प्रहरीले चासो दिने गरेको छैन ।
बसपार्क, कलंकी क्षेत्रमा विदेशबाट आएका व्यक्तिको सामानहरू पाकेटमारले चोरी गरी बिक्री वितरण गरेका धेरै घटना छन् । यस्ता विषयमा प्रहरीले चासो देखाएको छैन । रानीपोखरी क्षेत्रमा प्रहरीको आयुक्त कार्यालय नजिक भएको रत्नपार्क, नेपाल विद्युत् प्राधिकरणदेखि वीर अस्पताल क्षेत्रमा सानादेखि अधबैंसे यौनकर्मीहरू ग्राहकहरूको पर्खाइमा बसिरहेको देख्न सकिन्छ । बागबजार, महाबौद्ध क्षेत्रका गेस्टहाउसहरू भरिभराउ हुने गर्दछन् । नया“ बसपार्क, पानीपोखरी, बालाजु क्षेत्रमा यौनधन्दा फस्टाएको छ । प्रहरीले छापा मारेको छैन । पाकेटमार बसभरि छरिएर बसेको देख्न सकिन्छ । पाकेटरमारले मोबाइल, सिक्री, पैसा चोरेर भाग्ने गरेका छन् । प्रहरीले बजारमा हुने दैनिक घटनाहरू नियन्त्रण गर्नका लागि ध्यान दिएको छैन । जताततै चोरी, ठगी, बलात्कारजस्ता घटना भइरह“दा प्रहरी मुकदर्शक बन्ने गरेको छ । बढुवा भइन्छ कि भइँदैन, हाकिमले सरुवा गर्छ कि गर्दैन भन्दै कुस्त कमाउन लागेका छन् । प्रहरीले नीति, नियम बनाउन सकेको छैन । नीति, नियमलाई पालना गर्नेतिर ध्यान दिएको छैन ।
प्रहरीले गाँजा खाने, छाडा बोल्नेलाई पक्राउ गर्ने र भोलिपल्ट छाड्ने गरेको छ । प्रहरीले ठूला अपराधीहरूलाई छाड्ने गरेको छ । सुन तस्करजस्ता ठूला अपराधीहरूलाई पक्राउ गर्ने, सुनलाई अन्य धातु बनाउने, पत्रकार सम्मेलन गर्ने र सुन तस्करलाई छाड्ने तथा सुन पचाउने काम प्रहरीबाट हुने गरेको छ । प्रहरीले ठूला व्यापारी, होटल, रेस्टुरेन्टहरूबाट महिनावारी उठाउने गरेको छ । यस्तै, पार्टी प्यालेसबाट महिनावारी लिने गरेको छ । होटल रेस्टुरेन्टहरू १०÷११ बजेसम्म खोल्ने गरिएको छ । उता गाडीबाट रात्रिकालीन गाडीमा भारतको सीमा नाकाबाट लुकाई–छिपाई विभिन्न चोरीका सामान, लागु पदार्थदेखि अन्य सामान ओसार–पसार भएको छ । यस्ता कुरा प्रहरीले पक्राउ गर्न सकेको छैन । खाली साना तहका प्रहरीलाई चोक–चोकमा खटाउने, उच्च ओहोदाका प्रहरी राजनीतिक दलको ढोका ढकढक्याउने, व्यापारी पसलेकोमा धाउने, कमाउधन्दामा लाग्ने र कमाई हुने प्रदेशमा जान लागिपरेका छन् । यस्ता प्रहरीलाई गृहमन्त्रीले कारबाही गर्नुको सट्टा पुरस्कार गरेर राज्यको दोहन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *