उपत्यकाका मेयरहरुको विरोध

समाचार

काठमाडौं । महानगरभित्रको भ्रष्टाचार र बेथिति अहिलेसम्म रोकिएको छैन । काठमाडौं महानगर, ललितपुर महानगर, भक्तपुर महानगर, कीतिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाभित्र व्यापक रूपमा भ्रष्टाचार भएको अहिले बाहिर आइरहेको छ । यस्ता विायमा महानगरले खासै चासो देखाएको छैन । महानगरको गतिविधि सम्बन्धित निकायले छानबिन गरेको छैन । उपत्यकाभित्र सधैँ चर्चामा आउने महानगर काठमाडौं महानगर पर्ने गरेको छ । यस्तै, ललितपुर महानगर, त्यसपछि कीर्तिपुर नगरपालिका चर्चामा आउने गरेको छ । बारम्बार विवादमा आउने काठमाडौं महानगरले फोहोर व्यवस्थापन गर्न नसकेको आरोप छ । यस्तै, महानगरको भवनमा भ्रष्टाचार भएको र छानबिनमा परेको जनाइएको छ । एमालेसम्वद्ध मेयर विद्यासुन्दर शाक्यलाई विभिन्न आरोप लाग्ने गरेको छ । मेयर विद्यासुन्दर शाक्यले राजधानीको फोहर व्यवस्थापनमा दिगो स्थान दिन नसकेको जस्तो आरोप छ । उता ललितपुरमा मेयर चिरिबाबु महर्जन कांग्रेसलाई भन्दा अन्यतिर दायाँ–बायाँ नगरेको आरोप लागेको छ ।
यस्तै, सहरी विकासमन्त्री भएका रामवीर मानन्धर, कीर्तिपुरका सुरेन्द्र मानन्धरजस्ता खम्बाहरू पार्टी अध्यक्षकै इशारामा परेका छन् । जनताले पत्याए पनि अध्यक्ष केपी ओलीले जस्तो विद्युतीय मोनोरेल र मेट्रो रेलका सपना देखाउने केशव स्थापित प्रदेशका भौतिक पूर्वाधार मन्त्री बनाइए । तर, तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई बर्खास्त गरे ।
विद्यासुन्दर शाक्यले अध्यक्ष ओलीको सेवा गरे पनि जनताको सेवा पूरा नगरेको आरोप छ । कहिले सम्पदा विवादमा कहिले आफैँले जारी गरेका १०१ कार्ययोजना पूरा गर्न नसक्दा विवादमा परेका हुन् । चुनावमा केशव स्थापितका नबोकेको भए विद्यालाई विवेकशीलकी उम्मेद्वार रञ्जु दर्शनाले लडाउँथिन । कांग्रेसका उम्मेद्वार कमजोर थिए । प्रकाशमान सिंहको लागि राजु जोशीभन्दा हरिप्रभा खड्गी नजिक थिइन् । कांग्रेस, एमाले दुवैका नगरप्रमुखको हैसियत जनताको प्यारो हुनेमा देखिँदैन । स्थानीय चुनाव घोषणा भएको छ । वैशाख ३० गतेको चुनाव केन्द्रित कुनै कार्यक्रम एमालेले ल्याएको छैन । नयाँ योजना ल्याएर काठमाडौंका जनतालाई विश्वास दिलाउने काम पनि भएको छैन । एमाले योजना धेरै ल्याउने, तर कार्यान्वयन गर्न नसक्ने पार्टीको रूपमा परिचित भएको छ । काठमाडौंले मात्र होइन, काठको नगर क्षेत्रले समेत एमालेलाई कसरी बलियो बनाउँछ । काठमा टोखा र बूढानीलकण्ठमा एमालेको नेतृत्व थियो । त्यसले समेत सार्वजनिक जमिनको संरक्षणभन्दा भूमाफियालाई भोगाधिकार दिएर काम गरेको आरोप छ । राज्यको सम्पत्तिमा व्यक्ति मोटाए । एमाले अध्यक्ष केपी ओलीको नाम भजाएर फाइदा लिनेहरूले पार्टीभन्दा व्यक्तिगत कमाइमा ध्यान दिएकाले पनि उपत्यकाका एमाले कमजोर बन्दैछ । महानगरभित्र महानगरकै नेतृत्वले पार्टी ध्वस्त बनाइदिएको छ । पार्टीमा पुरानाभन्दा नयाँ र कात्तिकेहरूले ठाउँ पाउँदा जनमत कसरी बच्छ ? नेताहरूले ध्यान दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *