कांग्रेस पार्टीभित्र भागबण्डामा मारमुग्री

राजनीति समाचार

काठमाडौं । पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाडमा मारमुग्री भए तापनि करिब–करिब सहमति नजिक आइपुगेका छन् । तर, नेपाली कांग्रेस पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच लडाइँ चलेको छ । अहिले कांग्रेस पर्टीभित्र समानुपातिक सिटमा विवाद चलिरहँदा संस्थापन इतर पक्षका नेताहरु एकआपसमा खिचातानी गरिरहेका छन् । डा. शेखर कोइरालादेखि गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, रामशरण महत जस्ता नेताहरुले अशन्तुष्टि जनाएका छन् ।

उता, तत्कालीन परराष्ट्रमन्त्री सुजता कोइराला भने मौन बसेकी छन् । उनलाई समानुपातिक सांसदमा पनि पारिएको छैन । सुजता कोइराला जस्तै त्यागी महिलाहरुलाई बाहिपास गरी चाँकडीवाच, चाप्लुसीवाद गर्ने महिलाहरुलाई समानुपातिकमा राखिएको छ । समानुपातिक सिट बाँडफाटमा देखिएको भाडभैलो कांग्रेस पार्टीमा कहिलेसम्म चल्ने हो एकिन छैन । प्रत्यक्षतर्फको टिकटको लागि पनि कांग्रेस पार्टीभित्र विद्रोह हुँदै छ ।

समानुपातिक सिटमा विवाद भएजस्तै प्रत्यक्षतर्फको सिटमा पनि विवाद देखिने निश्चित छ । टिकटमा यसरी विवाद हुँदाखेरी कांग्रेस पार्टीभित्रै आगामी निर्वाचनमा घातप्रतिघात हुने अवस्था देखिन्छ । आगामी निर्वाचनमा कांग्रेस पार्टीले बहुमत होइन, अल्पमतमा पर्ने देखिन्छ ।

कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीभन्दा पनि गठबन्धन सरकारलाई ध्यान दिएका छन् । गठबन्धन सरकार बनेसँगै आगामी सरकार पनि गठबन्धनकै इशारामा बनाउने देखिन्छ । तर, गठबन्धनभित्र गठबन्धन दल रहन्छ कि रहदैनन् भन्ने राजनीतिक दलहरुले विश्लेषण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *