किन बोक्छ एमालेले नराम्रा व्यक्ति ?

समाचार

काठमाडौं । एमालेलाई राम्रो देशभक्त, विकासप्रेमी र समृद्धीको वाहक भन्ने गरिन्छ । तर गुण्डा, अपहरणकारीको संरक्षक पनि बन्ने गरेको छ । नेपाल प्रहरकिा बद्नाम व्यक्तिल सर्वेन्द्र खनाल जहाँबाट निर्देशित थिए, त्यहींबाट खादा–माला लगाए । जसपाका सांसद डा.सुरेन्द्र यादवलाई लकडाउनको बेला जनकपुरदेखि नक्सालस्थित मेरियट होटलसम्म ल्याउने होनहार प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् ।
कुमार पौडेल हत्या प्रकरणमा मुछिएका सर्वेन्द्र खनाललाई उम्मेद्वार बन्न पाउने कानूनी बाटो खुला हुन्छ कि हुँदैन । एमालेलाई मानव अधिकार आयोगले सचेत गराउला कि मुकदर्शक बन्ला ? खनाल २ अर्बभन्दा बढी खरिद विवादमा परेका थिए । कुमार घैंटेलाई घरमै पुगेर पक्राउ गरी हत्या गरेको आरोप छ । एमालेले पर्शुराम बस्नेत, रमेश बाहुनलाई उम्मेद्वार बनाउला कि गुण्डा परिचालक कमिटी बनाउला ?
दीपक मनांगे पनि चर्चामा आएका छन् । आज पनि एमालेमा त्यस्ता पात्रहरु धेरै छन् । २०७४ सालको निर्वाचनमा गुण्डा प्रवृत्तिका दीपक मनांगे एमालेबाटै मनाङबाट प्रदेश सभाको उम्मेद्वार भई प्रदेश सांसद बनेका थिए । यसपटक कति गुण्डाका नाइके सांसद बन्छन् त्यो भने हेर्न बाँकी छ । अहिले राजनीतिक दलहरुलाई चुनाव लागेको छ । यस सन्दर्भमा गुण्डा पृष्ठभूमिका व्यक्तिहरुलाई राजनीतिक पार्टीले चुनावमा परिचालन गर्ने दिन पनि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *