नेपाली कांग्रेसमा ‘टिके प्रथा’ कहिले हट्ला ?

समाचार

काठमाडौं । नेपाली कांग्रेसमा ‘टिके प्रथा’ सुरु भएको छ । १२ वर्षदेखि टिके प्रथामा चलेको पार्टीका सबै भ्रातृ संगठनहरूको नेतृत्व भंग गरेको कांग्रेसले अधिवेशनको समय एक वर्ष ताकेको छ । तर, स्थानीय चुनाव, प्रदेश र संघीय चुनाव हुँदैछ भन्ने ख्याल कांग्रेस पार्टीले गरेको छैन । कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सभापतिहरू जनवर्गीय संगठनबाट पार्टीको केन्द्रीय सदस्यसमेत भएका छन् ।
पार्टीको पुरानो संस्थापन पक्षले देउवाले एकलौटी सञ्चालन गरेकोमा आत्मसमर्पण गर्दा पार्टी एकाएक निरकुंश भएको छ । नेपाली कांग्रेसमा प्रकाशमान सिंह, विमलेन्द्र निधि सभापति पदको दाबा गरेर पुनः देउवाकै पक्षमा लाग्दा आफ्नो हैसियत गुमाएका छन् । महिला संघकी अध्यक्ष उमा अधिकारी महिलामन्त्री भएकी छन् । नेविसंघ खाली छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेत पार्टी केन्द्रीय, सदस्य भएका छन् । भातृ संगठनमध्ये किसान, दलित, भूपू सैनिक मञ्च अवस्थामा रहेका छन् ।
गठबन्धन भत्काउन उग्र भएका डा.शेखर कोइराला र गगन थापाहरूलाई भ्रातृ संगठन लथालिंग भएकोमा ध्यान छैन । डा.शेखरको टिमले गठबन्धनबाट पार्टी मुक्त हुनुपर्ने बताएर अन्तरपार्टी संगठनको ख्याल गरेको छैनन् । कांग्रेस पार्टी बलियो बनाउन जनताको बीचमा पुग्ने शक्ति भनेको विद्यार्थी, तरुण दल, महिला, टे«ड युनियनजस्ता संस्था हुन् । सबै संस्थाहरू वैधानिक भएनन् । नेताले टिको लगाएर नेतृत्व सुम्पने गर्दा १४ वर्षसम्म नेतृत्वविहीन बनेको संरचना शेरबहादुर देउवाको टिमले क्रियाशील बनाउने कुरामा कसैले विश्वास गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *