आगामी चुनावपछि राजनीति पार्टीको आ–आफ्नै दावी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ महाधिवेशनमा पनि सभापति जितेपछि कतिपय भ्रातृ संघसंगठनहरु चलायमान बन्न सकेका छैनन् । चुनावको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री देउवा भने आगामी निर्वाचनपछि सकभर आपूm, आपूm नभए पत्नी डा. आरजुलाई प्रधानमन्त्री बनाउने खेलमा लागिपरेका छन् ।

सकभर पाँदलीय गठबन्धन सरकारलाई यहीं स्थितिमा टिकाइराखेर आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै आलोपालो गरी प्रधानमन्त्री पद बाँडफाड गर्ने र आफ्नो तर्पmबाट राष्ट्रपति सकभर आपूm बन्ने त्यति भएन भने कांग्रेस पार्टीभित्रैबाट एक वरिष्ठ नेतालाई राष्ट्रपति बनाउने धुनमा छन् । यदि आफ्नो पार्टीबाट राष्ट्रपति नबन्ने स्थिति भएमा गठबन्धनका अन्य पार्टीबाट राष्ट्रपति बनाउने र उपराष्ट्रपति पनि आफ्नै पार्टीभिबाट बनाउने खेलोमेलोमा लागिपरेका छन् । र, आफू चाहीं प्रधानमन्त्री बन्ने र आपूm बन्न नसके पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने र विपक्षी दलका नेता प्रचण्डलाई पनि प्रधानमन्त्री बनाउने खेलोफड्कोमा लागेको बताइन्छ ।

यदि आगामी चुनावी परिणामलाई मध्येनजर गरेर अन्य कुनै पार्टीसँग सहकार्य गरी प्रधानमन्त्री बन्ने र पाँच वर्षसम्म सत्ता चलाइरहने सभापति देउवाको दाउ रहेको छ । उता प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भन्दै छन्, ‘यो गठबन्धन विदेशीको इसारामा चलेको हो, यसको आयु समाप्त भइसक्यो, आगामी सरकार एमालेको हो’, एमालेले बहुमत ल्याएर सरकार चलाउँछ भन्दै कुर्लिरहेका छन् । कसले सरकार चलाउँछ, जनताले कसलाई मत दिन्छन् । कुन पार्टीले बहुमत ल्याउँछ वा ल्याउँदैन अहिलेसम्म एकिन छैन । यो भने भविष्यले देखाउँला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *