नेपाली कांग्रेसमा भताभुंग

राजनीति

काठमाडौं । ‘लथालिंग देशको भताभुंग चाला, जहाँ जाला जोगी भातै खाला’ भन्ने उखानजस्तै भएको छ नेपाली कांग्रेसको जनवर्गीय संगठनहरूको हालत । टिके प्रथामा रमाउने प्रधानमन्त्री शेरबहादुर देउवा गुट र पार्टीभित्र क्रियाशील सदस्यता बनाउनुपर्छ भन्ने उखानजस्तै भएको छ । क्रियाशीलताको विन्दुमा पुग्ने अवस्था नभएको शेखर कोइरालाको कम्पनीलाई विद्यार्थी र तरुण दल, महिला संघ, दलित र जनजाति संघजस्ता भगिनी संगठन समूह र शुभेच्छुक कार्यकर्ताहरूको निर्वाचन गर्ने महाधिवेशनको बाटो खोल्न पार्टीले केही गर्न सकेको छैन । विधानबमोजिम पदाधिकारीको बैठक नबस्दा लथालिंग भएको छ ।
कांग्रेलाई एमालेअनुसारको काम गर्नु छैन । एमालेले अधिवेशनबाटै नेतृत्व तह सबै टुंग्याउँछ । माओवादीले अधिवेशन गर्छ, अध्यक्ष छान्छ, केन्द्रीय समिति छनोट गरेर टुंगोमा पु¥याउँछ, तर पदाधिकारी छान्न सक्दैन । प्रेस सेन्टर, वाइसिएल, महिला संघजस्तो संस्था माओवादीको पनि उस्तै हालत छ । कांग्रेसले तरुण दलमा ललितजंग बस्नेत अध्यक्ष र भुपेन्द्रजंग शाहीलाई महासचिव बनाएको छ । महिला संघकी अध्यक्ष उमा रेग्मी मन्त्री भएकी छन् । तर, कार्यसमिति पूरा घोषणा नहुँदै दुवै संस्थाको अधिवेशन गर्ने समय आएको छ ।
रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला मात्र देउवाको पक्षमा छन् भन्दा जसरी पनि सभापति जित्नै पर्ने अरुलाई नछाड्ने भन्दै डा.शेखर कोइरालाको ताल पनि खस्केको छ । भ्रातृ संगठनहरूलाई ध्वस्त बनाएको देउवा समूहले मुलुकको यथार्थ स्थितिलाई ध्यान दिएका छैनन् । भारत र अमेरिकी बिचौलियाको समूहमा धेरै छन् । धनराज गुरुङ, पूर्णबहादुर खड्का कतैका नहोलान् । तर, गगन थापा र विश्वप्रकाश शर्मा भारत र अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर फाउण्डेसनको भक्त हुन् भनिन्छ । दलित संघ, प्रजातन्त्र सेनानी संघ, महिला संघ, किसान संघको विधान बन्यो । तर, नेविसंघ र तरुण दलको बिजोग छ । कांग्रेसको एजेण्डा बोक्ने को ? जबकी अधिवेशन गर्न असफल भएका समिति भंग भएको दुई महिना पुग्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *