तराईमा नेताको भाग नपुग्दा हुक्क–हुक्क

समाचार

काठमाडौं । राजनीतिक पार्टीको नीति, सिद्धान्त छैन, कार्यक्रम छैन । सरकारमा पुग्छन्, तर नेपालमा जन्मेका नेपालीले सहजै नागरिकता पाउने नीति तोड्न सक्दैन । भारतले भनेको मान्छ, सीमामा बस्छ, यो देशमा नाकाबन्दी लगाउ भन्छ । त्यही पार्टी लोकतान्त्रिक समाजवादी भन्छ । जिल्लामा नेतृत्व चयन गर्दा राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारीको भागबण्डामा महन्थ ठाकुरसँग कुरा नमिलेपछि राजेन्द्र महतो निरास भएका छन् । उता तराईमा वृषेशचन्द्र लालले पुरानो तराई मधेश लोकतान्त्रिक पार्टी रोज्न पुगे । लोकतान्त्रिक समाजवादी पार्टीको ओलीसँग सत्तामा गएर कसैलाई नेपाली नागरिक बनाउन सकेन । २०६३ सालमा नागरिकता खुला गर्दा ३ महिनामा ५० लाख नागरिकता वितरण हुँदासमेत नेपालकै मुसहर, झाँगड, धोबी, डोमजस्ता जातिले नागरिकता पायो कि पाएन भन्ने कुरामा महन्थहरूको ध्यान गएको थियो ।
अहिले महन्थबाट सद्भावना बन्न सक्छ । राजेन्द्र महतो बन्न सक्छन् । उता जसपाबाट उपेन्द्रसँग रिसाएका डा.बाबुरामले जनजाति पार्टी बनाउने दाउ खोज्दै छन् । डा.भट्टराईसँग पछि लागेका नवराज सुवेदी, गंगा नारायण श्रेष्ठहरूको भातभान्सा चलेकै छ । ६ वटा मधेसी दल मिलेर बनेको जसपाभित्र १७ जनाको उपेन्द्र टिममा अहिले २१ जना भएको छ । जसले पार्टी बनायो चलाउन जान्दैन, त्यसको पछि लाग्नेभन्दा वृषेशचन्द्रले पुरानो पार्टी रोजेका हुन् । उनीसँग डा.विजयकुमार पनि जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *