ठगीधन्दामा चौधरी समूहको संलग्नता !

समाचार

काठमाडौं । नेपालका एक मात्र डलरे अर्बपति विनोद चौधरी र उनका परिवारै व्यापारमा संग्लग्न छ । तर, व्यापारको आडमा करछलीदेखि अनेकन ठगीधन्दामा समेत मुछिएको छ यो परिवार । बैंक, बिमा, अस्पताल, स्कुल, कलेजदेखि हरेक क्षेत्रमा यो समूहको लगानी छ । अहिले सिजि टेलिकम्युनिकेसनको नाममा सांसद पदको दुरूपयोग गर्दै लाइसेन्स हत्याउने खेल गर्दैछन् चौधरीहरू । उनको परिवारले सम्हालेका व्यापार पटक–पटक विवाद र चर्चामा रहने गर्छ । थापाथलीस्थित भिभिआइपी व्यक्तिले उपचार गराउने नर्भिक अस्पताल पनि चौधरी समूहकै लगानीमा सञ्चालित छ । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भिभिआइपी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले उपचार गराउने नर्भिक अस्पताल पनि पदयात्री पर्यटक उद्दारका क्रममा हुने ठगीधन्दामा मछिएको छ । उसो त आफ्नै कम्पनीमा आफैंले आगो झोसेर नक्कली बिमा दाबी भुक्तानी गराउने धन्दामासमेत मुछिएका छन् चौधरी समूह ।
चाहे चाउचाउ होस् वा सिजी कम्पनी वा किन नहोस् पशुपति बिस्कुट उद्योगमा आगलागी भएको हल्ला पिटाएर उनीहरूले फेक आगलागीको विवरण पेस गरेर बिमा दाबी भुक्तानी लिँदै आएका थिए । यसअघि ‘सिजी फ्लेक्सी प्याक’ फ्लेक्जिबल प्याकेजिङ उद्योगमा आगलागी भएको र उक्त उद्योगमा आगलागी हुँदा १० करोडभन्दा बढी क्षति भएको प्रहरी रिर्पोट बनाएर दाबी भुक्तानी लिएका थिए । अर्बपति व्यापारी विनोद चौधरीका भाइ वसन्त चौधरीको स्वामित्वमा रहेको पशुपति बिस्कुट नेपाली सेनाले खाने गरेको थियो । तर, केही वर्ष अघिदेखि सेनाले उक्त बिस्कुट खान छाडेको छ । सेनाले बिस्कुट खान छाडेपछि भने पशुपति बिस्कुट धरासयी बनेको थियो । स्रोतका अनुसार उद्योगभित्र बिमा दाबीकै लागी आगलागी गराइएको थियो ।
चौधरी समूहले प्रहरी कार्यालयमा क्षतिको विवरण बुझाएको छैन । यद्यपी, बिमा रकम भने १० करोडभन्दा बढी दाबी गरिएको छ । उसो त यसअघि खेतानको कम्पनी मायोजमा आगलागी भएपछि खेतानकै लगानी रहेको एभरेस्ट इन्स्योरेन्सले अग्नि बिमा दाबी भुक्तानी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सलाई हालसम्म पनि सोही कारण अग्नि बिमा कारोबारमा रोक लगाएको छ ।
अहिले चाहिँ चौधरी समूहले सरकारी जग्गा नै कौडीको भाउमा कब्जा गरेको भेटिएको हो । नर्भिक अस्पताल, थापाथलीमा सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित कित्ता नम्बर २०८५ को क्षेत्रफल १ रोपनी ८ आना १ पैसा १ दाम सरकारी जग्गा वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पताल सञ्चालन गर्दै आएको छ । विनोद चौधरीका भाइ तथा आफूलाई विश्व काव्ययात्री बताउँदै आएका वसन्त चौधरीले सम्हालेको उक्त अस्पतालले नेपाल घुम्न आउने पदयात्री पर्यटकमाथि लुट मच्चाउने गरेको प्रमाणै सार्वजनिक भइसकेको छ । तर, शक्ति र पैसाको आडमा उनीहरूमाथि कुनै निकायले कारबाही गर्न सकेको हैन । त्यही नर्भिक अस्पतालले विगत २० वर्षदेखि डेढ रोपनीभन्दा बढी सरकारी जग्गामा उपभोग गरिरहेको फेला परेको छ । नर्भिक अस्पतालले तत्कालीन भूमिसुधार कार्यालयका अधिकारीहरूसँग सेटिङ मिलाएर कौडीको भाउमा उक्त जग्गा हत्याएको देखिन्छ । नर्भिक अस्पतालले भूमि सुधार कार्यालय, काठमाडौंमा वार्षिक ३७ हजार ९ सय ८९ रूपैयाँ भाडा बुझाउने गरेको फेला परेको छ । २०६५ साल जेठ १ गतेदेखि सम्झौता लागू हुने गरी २० वर्षका लागि नर्भिक अस्पतालले कौडीको भाउमा उक्त जग्गा ल्याएको पाइएको छ । नर्भिक अस्पतालले २०५९ सालदेखि नै थापाथलीस्थित उक्त सरकारी जग्गा प्रयोग गर्दै आए पनि २०६४ सालबाट मात्र नर्भिकले कौडीको भाउमा भाडा तिर्ने गरी सेटिङमा गरेको प्राप्त कागजातबाट खुल्ने आएको छ । नर्भिकले २०५९ सालदेखि २०६३ सालसम्मको १ लाख ६२ हजार ४ सय ८६ रूपैयाँ एकमुष्ठ भाडा दाखिला गर्ने सम्झौतामा उल्लेख छ । तर, नर्भिकले उक्त रकम एकमुष्ठ दाखिला गराएको रेकर्ड समेत कार्यालयले उपलब्ध गराउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *