डेढदशक अघिको सोच

समाचार

 

यस स्तम्भका पछिल्ला शृखलामा एक दशक अघि लेखिएका सोचमुखी लेखहरूलाई जस्ताको तस्तै राख्ने कोसिस भइरहेको छ । यस शृंखलामा सामुदायिक वनको एक उपलब्धी त्यससँग सम्बन्धित व्यक्तिहरूकोे सोचमा आएको परिवर्तनलाई आधार मानिएको छ ।

सामुदायिक वनको महत्वपूर्ण एक उपलव्धी ः प्रवृत्तिमा सकारात्मक परिवर्तन

वर्तमान अवस्थामा सामुदायिक वनको अर्थ, अवधारणा तथा औचित्यको व्याख्या गर्न पर्ने अवस्था रहेको छैन । किनकी सामुदायिक वन विकास कार्यक्रम नपुगेको वा सो बारेमा थाहा नपाएका नेपालीहरू सायद कम नै होलान् र यो लेख जसले पढ्छ उ सामुदायिक वनको बारेमा अनविज्ञ हुनै सक्दैन । सामुदायिक वन बारे चासो लिने मात्रले यो सामुदायिक वन आवाज पढ्ने भएकोले यो विचारमा दुई मत आउने अवस्था देखिन्न । हामीले सामुदायिक वनबाट प्राप्त उपलव्धीहरूको पनि लेखाजोखा प्रसस्तै हुने गरेको । ती भौतिक किसिमका उपलब्धीको चर्चा पनि यसमा गर्न गइरहेका छैनौँ । यहाँ छायाँमा परेको उपलब्धी, तर सामुदायिक वनको अभियानलाई नै सफल असफल बनाउन सक्ने उपलब्धीको चर्चा गर्ने जमर्को गरिएको छ ।

सामुदायिक वन अभियानको सशक्त पक्ष ः सकारात्मक प्रवृत्तिगत परिवर्तन
सामुदायिक वन अभियानको सबैभन्दा ठूलो उपलब्धी त्यसमा संलग्न पक्षहरूको प्रवृत्तिगत सकारात्मक परिवर्तन हो । प्रवृत्ति भन्नाले मानसिक अवस्था हो त्यो आफैँ देखिने वस्तु होइन । प्रवृत्तिलाई देख्न वा हेर्न उसको व्यवहारमा भर पर्नुपर्ने हुन्छ । अर्को अर्थमा भन्नुपर्दा प्रवृत्तिअनुसार लवाई खुवाई तथा बोली वचन हुने गर्दछ । अब यहाँ सामुदायिक वनबाट कसमा कस्तो प्रवृत्तिमा सुधार आयो त यसको बारेमा थोरै चर्चा गरौँ ।

क. उपभोक्तामा
विगतमा जहाँ सजिलो छ, जहाँ अरुले देख्दैन यो सरकारको वन हो जति सक्यो त्यति प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट प्रेरित भई आफ्ना व्यवहारहरू देखाउँथे । हाम्रो पुस्ता मात्र होइन भावी पुस्तालाई पनि वन चाहिन्छ भन्ने व्यवहार देखिँदैनथ्यो । कारण वनमा उनीहरूको अपनत्वको भावना विकास हुने कुनै कार्य भएको थिएन, उसले नकाटे पनि अर्को कसैले काटिदिन सक्थ्यो । जिम्मेवारी तथा हकदार विनाको सार्वजनिक मादलजस्तै जसले जसरी जताबाट बजाए पनि हुने अवस्था थियो । जब सामुदायिक वनको अवधारणाको सुरुवात भयो उपभोक्ताहरूमा यो मेरो पनि सम्पत्ति हो, हाम्रो पुस्ता मात्र नभई भावी पुस्ताको लागि पनि चाहिन्छ भन्ने जिम्मेवारीको बोध हुन थाल्यो । स्वायत्तसँगसगै जिम्मेवारीपन बढ्यो जसको कारण काट्यो कुदायो (जिविकाको लागि प्रयोग गर्ने बाध्यता) गर्ने उपभोक्ताहरू संरक्षण र दिगो उपयोगको प्रवृत्ति विकास गरी राष्ट्रको नै जिम्मेवार नागरिकको हैसियत स्थापित गरेका छन् । जसको प्रमाण हो उपभोक्ता समूहहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका वन तथा वातावरण संरक्षण सम्बन्धि पुरस्कार प्राप्त गरिरहेका छन् ।

ख. वन कर्मचारी
सामुदायिक वनको अवधारणा सुरुवात हुनुअघि वन कर्मचारी जनताका वर्गीय शत्रुजस्तै हुन्थ्ये । गाउँमा वन कर्मचारी अथवा कुनै वन पाले आयो भने पनि मान्छे लुक्ने गर्दथ्यो । अब कसलाई समात्ने हो ? कस्तो मुद्दा लगाउने हो ? कति पैसा दिनु पर्ने हो ? भन्ने त्रास फैलिन्थ्यो । वन मुद्दा भनेको ज्यान मुद्दाभन्दा पनि खतरनाक हुन्छ भने हौवा पिटाइएको हुन्थ्यो । समग्रमा वन कर्मचारीको व्यवहार गल्ती गर्नेलाई पकड्ने थुन्ने अर्थात् कता कता प्रहरीको काम हो की जस्तो व्यवहार देखिने गर्दथ्यो । अहिले वन कर्मचारीहरू उपभोक्ताका साथी भएका छन् । पहिला नाम सुन्नासाथ अमिलो अनुहार बनाउनेहरू वन कर्मचारीको व्यवहारबाट आफ्नो सहयोगीको रुपमा ग्रहण गरिरहेका छन् । यसैको एउटा उदाहरण उपभोक्ता समूहहरूको प्रतिनिधिमूलक संगठन सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला शाखा दोलखाको तेस्रो अधिवेशनको अवसरमा जिल्ला वन कार्यालयलाई प्रंशसा–पत्र तथा सामुदायिक वनको अभियानमा सक्रिय क्रियाशीलताको सम्मान स्वरुप रेन्जर मित्र जिरेललाई कदरपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । उपभोक्ताले जबरजस्ती होइन आत्मादेखि नै वन कर्मचारीको सहयोगी भूमिकाको प्रसंशा गरिरहेका छन् । यसो हुनुमा वन कर्मचारीको मानसिक प्रवृत्ति सकारात्मक भएको छ, सो अनुसारको सकरात्मक व्यवहार तथा भूमिका निर्वाह गरिरहेका छन् ।

ग. राजनीतिकर्मी
विगतमा राजनीतिकर्मीको व्यवहार आफन्त हेरी काम गर्ने, वन राजनीति गर्ने साधनको रुपमा प्रयोग गर्ने, विरोधीलाई वन मुद्दा लगाउन लगाएर तह लगाउने, जान्ने छु भन्ने देखाउन वन सम्बन्धी उपदेशमूलक भाषण छाट्ने, वन संरक्षणमा जनतालाई लगाउने, उपयोग गर्नबाट टाढा राख्नेजस्ता कार्यहरू हुने गर्दथ्यो । सामुदायिक वनको अभियानपश्चात अब्बल दर्जाको लोकतन्त्रको अभ्यास सामुदायिक वनमा छ, प्रजातान्त्रिक परिपाटी सामुदायिक वनमा गएर सिक्न सकिन्छ भन्ने भावानामा परिवर्तन भई बोल्न थालेका छन् । वर्तमान अवस्थामा सामुदायिक वन नराम्रो छ, यसका पद्धति खराब छ भनेर भन्ने राजनीतिकर्मी सायद कमै होलान् ।

घ. नीति निर्माता वा योजनाकार
विगतमा हुने गरेका त्यउ(म्यधल पद्धतिलाई (माथि नै योजना बनाएर तल कार्यान्वयनमा लैजाने) अब उनीहरूले द्ययततयm–ग्ए पद्धतिलाई अवलम्वन गर्न थालेका छन् । कुनै योजना बनाउँदा समूहका प्रतिनिधि वा समूहका प्रतिनिधिमूलक संगठनका प्रतिनिधिहरू, स्थानीयस्तरमा क्रियाशील सामुदायिक वनका सहयोगी संस्थाहरूको सहभागिता वा सुझाव लिने गरिन्छ । दशौं पञ्चवर्षीय योजनामा फेकोफन तथा सहयोगी संस्थाहरूले दिएका सुझाहरू समावेशसमेत गरिएका छन् । योजना बनाउनुपूर्व पनि सहभागितामूलक विभिन्न विधिहरू (एच्ब् त्ययकि) प्रयोग गरी छलफल गर्ने, सुझाव तथा कार्यक्रमहरूको समीक्षा गर्नमा योजनाकार तथा नीति निर्माताहरू लागेको भान पर्न थालेको छ ।

सामुदायिक वनको महत्वपूर्ण, दिगो एवं प्रभावकारी उपलब्धी प्रवृत्तिमा परिवर्तन हो । यसको कारण खुसी वन, सुखी मनको अवधारणाले मूर्त रूप पाएको छ । यी माथि उल्लेख गरिएका प्रवृत्तिमा परिवर्तन भए भनीएका कुराहरू सबैमा सबै छ भनेर भन्न खोजिएको चाहिँ होइन । तर, सामुदायिक वनको उपलब्धीको कुरा गर्ने हो प्रवृत्तिगत सुधार आउनु जरुरी छ त्यसपछि मात्रै अन्य भौतिक उपलब्धीको कुरा गर्नु सान्दर्भिक हुन्छ । यसका संकेतहरू राम्रा नै देखा परिरहेकाछन् । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *