अर्थमन्त्रीको सहयोगमा उपत्यकाको कमाण्डमा रविन्द्र धानुक

समाचार

काठमाडौं । प्रहरी सेवामा प्रवेश गर्दा परीक्षामा पहिलो हुनुले डीएसपी हुँदा काम गर्दैन । राजनीतिक टकरावले नेपाल प्रहरीमा प्रभाव पार्दछ । केपी ओलीको सरकारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका विश्वासपात्र विश्व पोखरेल डीआईजी र एआईजी भएका थिए । आईजीपी बन्ने बेलामा एसएसपीसम्म प्रथम भएका धिरजप्रताप सिंहले बाजी मारे । १६ महिना पहिले एआईजी भएका विश्वराज हुन् वा ९ महिना अगाडिका सहकुल थापा किन नहुन, दुबै कांग्रेस बनेर नेपाल प्रहरीको निरीक्षक भएका पात्र थिए । तर पछिल्लो समय एमालेको विश्वास गर्दा दुबै हिस्सिए । बाजी मारे धिरजले ।
यसपटक नेपाल प्रहरीमा पुराना १४ जना एसएसपिी मध्येबाट पहिलो नम्बरका सन्दीप भण्डारी भने आफ्ना दाजु एमालेबाट प्रदेश १ को सभामुख भएबापत सातौं स्थानमा बसे । बरु काठमाडौं परिसरमा छँदा राम्रो कमाई गरे । जाने बेलामा चेक काण्ड लागेर दुई ठूला पत्रकारको रोहवरमा चेक फिर्ता गरेका अशोक सिंहलाई भोलिका दिनमा आईजीपी बनाउने गरी प्रधानमन्त्री देउवाले तेस्रो नम्बरमा राखेका छन् । काठमाडौं केरकार शाखामा रजाईँ गरेका बसन्त कुँवर पहिलो नम्बरमा छन् । आईजीपीले कालो चिया खुवाउँछन्, मैल त फलफुल खाजा खुवाएँ भनेर प्रहरीको प्रवक्ता भएको बेला कुँवरले गरेको कुराकानी देखि नसक्नु छ । त्यस्तै व्यक्ति पहिलो नम्बरमा परेका छन् ।
यसपटक प्रहरीमा आएको छलाङ भनेको एकै पटक चारजना महिला डीआईजी बन्नु हो । दुर्गा सिंह, किरण राणा, मिरा चौधरी, किरण अमात्यहरुले आईजीपीको प्रतिस्पर्धामा आइपुगेका छन् । जिल्लाको कमाण्डमा सक्रिय थिए । प्रशासनका दीपक थापा चौथो रोलक्रममा छन् । थापाको कमाण्डलाई प्रहरीमा राम्रै मानिन्छ । डीआईजीको कार्यक्षेत्र प्रशासन रहेको थियो । एआईजी पुजा सिंहले आफु बढुवा समितिको सदस्य सचिव भएको हैसियत देखाएर चारजना महिला डीआईजी बनाइयो भन्ने ठाउँ छ । आईजीपी धिरजप्रतापको पहिलो खुड्किलो विवादरहित रहेन । तर आफ्नो लक्ष्य पुरा गरेका छन् ।
पैसाको ब्रिफकेसले प्रतिस्पर्धामा प्रहरीलाई खेलाउँछ । यसपटक नेपाल प्रहरीभित्रको ब्रिफकेसमा गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँड, प्रधानमन्त्री पत्नी डा.आरजु राणाको खेलाफड् को छ । देशले चाहेको प्रहरी कहिले बन्छ ? काठमाडौं भित्र शान्ति सुरक्षामाथि गुण्डाको राज चलेको छ । काभ्रेली डनहरुले दरबारमार्ग, ठमेल क्षेत्रमा हलचल ल्याएकै छन् । भ्रष्टाचारी रविन्द्र धानुकले उपत्यका प्रहरीको कमाण्ड त पाएका छन् । तर धानुकलाई उपत्यका ल्याउन भष्मासुर अर्थमन्त्री जनार्दन शर्माको ठूलो योगदान छ । तर मुखले गल्ती गर्नेलाई छाड्दिन भन्छन् । तर खामबन्दी मिलेपछि क्यासिनोमा जुवाडे छिराउने र अपराध गर्नेलाई सहयोग गर्न थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *