वामदेवको एक्लो हुटहुटी

समाचार

काठमाडौं । कम्युनिष्ट एकता अभियानको लौरो समाएर चुनाव हराउन सहयोग गर्न केपी ओली, ईश्वर पोखरेलहरुसँग रोइलो गाउँदै राष्ट्रिय सभाको सांसद बन्न पुगेका वामदेव गौतमलाई कांग्रेसले सक्छ, वामदेव नेकपाको पूर्ववत संरचना ब्यूँझाउनुपर्छ भन्ने लहड चलेको छ । कम्युनिष्टहरुको एकता जरुरी देखिएको छ । त्यसले हिजो नेकपाको नाममा ४१ महिना शासन गर्दा कस्तो हैकम चलायो ? वामदेव त्यसतर्फ मौन छन् । वामदेव ५ वर्ष जनतासँग जोडिएर पार्टीको निम्ति खट्न सकेनन् । राष्ट्रिय सभाको सांसद भएर पनि वामदेवले राज्यद्वारा जनताको जीवनमाथि महंगी, भ्रष्टाचार, विकृतिविरुद्ध आवाज उठाएका छैनन् ।
एमाले र माओवादीको एकता राष्ट्र र जनताको पक्षमा थिएन । केवल केपी ओली र पुष्पकमल दाहालको प्रधानमन्त्री पदसँग जोडिएको थियो । तर केपीले आफु प्रधानमन्त्री भएपछि आफैंले गरेको सम्झौता तोडेका थिए । २०७२ सालमा संविधान जारी गर्दा प्रचण्डले ओलीलाई अबको प्रधानमन्त्री तपाइँ हो भन्ने विश्वास दिलाएर संविधान जारी गर्न एमालेलाई सहमत गराए । त्यो बेला वामदेव एमालेको वरिष्ठ उपाध्यक्ष थिए । केपीले राष्ट्रिय सभामा सदस्य दिएको गुण तिर्न वामदेवले केपीको विगतका गल्ती कमजोरीबारे वास्ता गरेका छैनन् ।
वामदेवको एकता अभियानमा जोडिएका पात्रहरु नेत्रविक्रम चन्दको पार्टीबाट काठमाडौं महानगरको मेयर पदका उम्मेद्वार निमकान्त पाण्डेदेखि गौतमसँग जोडिएका केशवलाल श्रेष्ठहरु छन् । सैद्धान्तिक, राजनैतिक र वैचारिक पक्षलाई नेपालका कम्युनिष्टहरुले तयागेका कारण वामदेवलाई त्यसले महत्व राखेन । मौका पाउँदा सहिदका छोराछोरीको छात्रवृत्ति खोसेर आफ्नै पुत्रलाई चीन पठाउने, वामदेव श्रीमतीलाई एमालेको सांसद बनाएर आफु विभाजित पार्टी मिलाउने र कतै नलाग्ने वचन दिएर कति विश्वास हुन्छ ? पत्तो छैन ।
नेताको स्वार्थमा एकता गर्नु जरुरी छैन । नेकपाको ४१ महिने सरकारले गरिब जनताका निम्ति के ग¥यो ? मुलुक राष्ट्रिय महामारीमा पर्दा भोको पेट र खाली खुट्टा हिँड्नेलाई के दियो ? यस्ता कुरामा वामदेव मौन छन् । ओलीकै मनपरी एमालेकै झलनाथ र माधव नेपालले सहन सकेनन् भने राजतन्त्र फाल्न राजाकै सेनासँग भिडेको माओवादीले सहन सक्ने कुरा भएन । ओली आफैं संघीयता र गणतन्त्र विरोधी थिए भन्ने कुरा एकता प्रेमी वामदेवले कहिले बुझ्ने होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *