इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत

देश/विदेश राजनीति समाचार

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने घोषणा गरेका छन् ।

यो सँगै इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको हो । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने उल्लेख गरिएको छ ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।

नेपालका विपिन जोशीलाई सन् २०२३ को अक्टुबर ७ मा नै हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको थियो । उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । उनलाई मुक्त गराउन नेपाल सरकारबाट कूटनीतिक प्रयास भएपनि सफल हुन सकेको छैन । इजरायल र हमासबीच पुनः युद्ध सुरु हुने सम्भावनाले फेरि आतंक र भय पैदा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *