विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै

देश/विदेश समाचार

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ।

सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन आरम्भ भएको हो।आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ मा यो दिवस मनाउने घोषणा गरेको हो।

यो अन्तर्र्र्राष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकुल हुने हिंसात्मक अतिवाद रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, साँस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसंघले यो दिवस मनाउन आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *