काठमाडौं । भारतीय अन्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अन्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अन्डाको भाउ घटाउने निर्णय गरेको हो ।
अहिले बजारमा ३० प्रतिशत अन्डा भारतबाट तस्करी भएर आएको छ ।संघका अनुसार यसअघि २१ माघमा ठूलो अन्डा मूल्य प्रतिक्रेट चार सय रुपैयाँ थियो भने आजबाट तीन सय ७० रुपैयाँ प्रतिक्रेट रहेको छ । यस्तै, तीन सय ८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अन्डाको मूल्य तीन सय ५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको संघले जनाएको छ ।