वैचारिक वादको लडाइँ

समाचार

एमाले दोलखाका नेता एवं पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेलले आजको एमालेको लडाइँ सैद्धान्तिक र वैचारिक तथा वादको लडाइँ भएको बताएका छन् । कार्यक्रममा उनले भने, ‘एमालेलाई परास्त गर्ने सत्ता गठबन्धन हो । उनीहरू हामीसँग बार्गेनिङ गरिरहेको छ । कसैले हाम्रो साथ खोच्छ भने गठबन्धन टुट्नुपर्छ । एमसिसी पास भए नि फेल भने अमेरिकी गतिविधि बढ्दै गइरहेको छ । यसको अन्त्य गर्न एमालेलेभन्दा अरूले गर्न नसकिने भएको छ ।’
उनले गठबन्धन खारेज हुन माग गरेका छन् । उनले सभामुखको राजीनामा माग गरेका छन् । ‘अहिले सबैलाई अप्ठ्यारो परेको छ । त्यसैले हामीलाई सम्झिरहेका छन्’ उनले भने । उनले भने, ‘जुन दिन हामीले बहुमत ल्याएका थिर्यौ सोही दिनदेखि हामीमाथि षड्यन्त्र सुरु भएको थियो ।’ उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले कांग्रेसलाई हिजो कसैले लोकेन्द्रबहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए ।
उनले भने, ‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लंघन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका लागि संविधानको रक्षाका लागि या मूलभूत रूपमा सहमति समझदारीका लोकतन्त्रका लागि बलिदान गरेर आएका कांग्रेस र एमालेबीच आधारभूत समझदारी हुनुपर्छ भनेर हामीले भनेका हौँ । कहिले कसको रिसको कहिले कसको रिसको प्रतिशोधका रूपमा काम गरियो । एमाले गठबन्धनको जस्तो राजनीति गर्दैन हामी लोकतन्त्रको पक्षमा राजनीति गर्छौँ ।’
पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन् । उनले संविधान र कानुनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत पनि गराए । उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । पोखरेलले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउने गरी वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि जानकारी दिए । कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरूले अझै पनि एमाले गाउँद्दगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने उनले बताए ।
पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबीसमेत गरे । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोपसमेत लगाए । नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । त्यो दल नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ ।
नोटः शनिबार काठमाडौंमा भएको दोलखा काठमाडौँ सम्पर्क मञ्चको ११ औँ सम्मेलनमा बोलेका उक्त अंशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *