एमालेमा दश भाइको छैन सुनुवाई

प्रशासन

काठमाडौं । पहिला पार्टीको जिम्मेवारीमा उपाध्यक्ष पदमा केपी ओली । अध्यक्ष भएपछि केन्द्रीय समिति, स्थायी समितिजस्तो निकायले संस्थागत सुधारमा गम्भीरता देखाएन । पार्टी एकता भयो, चुनावमा नेकपा ठूलो दल बन्यो । नेताहरू त्यसैमा रमाएका थिए । नेकपा भयो त्यसले एकताको कार्यक्रमलाई सुदृढ र जनपक्षीय बनाउन प्रशिक्षण दिने काम गरेन । कार्यक्रम पनि ल्याएन । नेकपामा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई ओलीले गनेनन् । माओवादीसँग पार्टी एकता भएपछि पनि कुनै गतिविधि चलेन । एमाले माओवादी कार्यकर्ता बीचमा हुनुपर्ने ऐक्यवद्धता र सम्बन्धमा समेत धुमिल हुन पुग्यो । नेकपा विभाजन भयो, ओलीका सहयोगी र समकक्षी नेताहरूप्रति अपमान र पार्टीमा पूर्ण गुटबन्दीमै बित्यो ।
कम्युनिस्ट पार्टीको सरकारले पार्टीको आदेश र नीति, सिद्धान्त र विचारको बारेमा ध्यान दिएन । अहिले कम्युनिस्ट पार्टीको कार्यकर्ता चुनाव जित्ने ठेक्कापट्टा लिन दिन सक्रिय हुने गरेका छन् । विचार र सिद्धान्त नेताले त्यागिसके । कार्यकर्ताबाट के आसा गर्ने । एमालेभित्र पार्टी चोइटिँदा एमालेमै रहेका भीम रावल कुनै पदमा छैनन् । पदाधिकारी नहुँदा उनी स्थायी समिति, पोलिटब्युरोमा रहने कुरै भएन । अहिले रावल सांसद मात्र छन् । सांसदको रूपमा आफ्ना विचार राख्छन् । एमाले सांसदले अवरोध गरेका छन् । तर, रावल एमसिसीविरुद्ध बोल्न रोष्टममा उभिए ।
अध्यक्ष ओली र देउवाको मुस्कानले उनीहरू योजनाबद्ध थिए भन्ने देखाउँछ । एमालेका दश भाइ अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली, गोकर्ण विष्ट, यज्ञ सुनुवार, गणेश पहाडी, माया ज्ञवाली, तुलसा थापाहरूमध्ये शाक्य, पाण्डे, भट्टराई र विष्ट कार्यकारी समितिमा छन् । तर, ओलीले अन्य नेतालाई स्थान दिएका छैनन् र सोधपुछ पनि गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *