गृहमा कांग्रेसकै हालीमुहाली, अन्य दल रमिते

समाचार

काठमाडौं । नेपाली कांग्रेसले चुनाव गराएमा ठूलो पार्टी कांग्रेस नै बन्नेछ । टुक्का गासे पनि उखाने बालाई चोइटिएको र विभाजित भएका दलहरूले स्थानीय चुनाव र संसदको चुनावमा कार्यगत एकता गर्ने अवस्था छैन । कांग्रेस सरकारले सहसचिव, प्रजिअ हुने ठाउँमा उपसचिवलाई कामु बनाउँदै पठाएको छ । नेपाल प्रहरीमा एसएसपी हुने ठाउँमा एसपीलाई कामु बनाएर खटाएको छ । बालुवाटारको सेवक भएवापत सिडिओ हुन उद्योग र पर्यटन, श्रम हुँदै गृहमा प्रवेश गरेका सहसचिव घाम तापेकै छन् र शितल छहारी खोज्दैछन् ।
गृह प्रशासनले प्रहरीको दरबन्दी थप्ने र फाल्ने काम चर्कायो । प्रशासनिक रूपमा भने सामान्य प्रशासन मन्त्रालय बाधक बनेको छ । तर, अहिले जताततै एमालेका सचिवदेखि सहसचिव र उपसचिवहरू छचल्किएका छन् । चुनावको लागि नेपाल प्रहरीले मागेको झण्डै एक लाख म्यादी प्रहरीमा ९० हजार स्वीकृत गरेको अर्थ मन्त्रालयले आफैंले छुट्याएको बजेट खर्च नहुँदा अर्थमन्त्री जनार्दन शर्मा रनभुल्लमा परेका छन् । अर्थको संकेत नबुझेको रेडियो बोकेर हिँडेका ब्याज खाँदै नेपाल टेलिभिजनको महाप्रबन्धकको जागिर छुटेपछि लगत्तै अर्थमन्त्रीको प्रेस सल्लाहकार बनेका गोविन्द रोका (सचिन) ले आर्थिक सल्लाहकार भएर माखो मारेनन् । अहिले रुकुम पश्चिमी माओवादी हाँक्दै छन् ।
पार्टी जुनसुकै होस्, स्वार्थी समूहले गृह, अर्थ, सामान्य प्रशासन मात्र होइन, प्रधानमन्त्री कार्यालयसमेत माफियाहरूकै कब्जामा छ । यस्तै अन्य मन्त्रालयको हाल पनि त्यस्तै छ । माओवादी र समाजवादी बाधक नबने पनि तराईमा जसपाले कांग्रेसको दादागिरी चल्न दिने छैन । मधेस प्रदेशमा सरकारले पठाएका नगर प्रशासक (कार्यकारी) खेद्ने र राख्ने पार्टीबीच चलेको छ ।
यता गुप्तचरमा उस्तै
यादव रेग्मी एआइजीबाट हट्नासाथ सो पद वरिष्ठले पाउने नियम कार्यान्वयन हुँदा हुतराम अगाडि पर्छन् । रोल्पामा जन्मनु उनलाई अभिसाप बनेको छ । उनी माओवादी होइनन् । कांग्रेसले चौँथो वरियताका ओम जोशीलाई सुदूरपश्चिमको भनेर चर्चा गर्दछन् । थापा पछिका कुलदेव थापा आगामी साउनमा अवकाश पाउँदैछन् । हरिहर पौडेलका दाजु देवीराम शर्माको कुरा अहिले चर्चामा छैन । ओम जोशी बैतडीका हुन् । उनी पछिका सुनिल ढकाल प्रशासनमा छन् । कांग्रेसले हुतरामलाई सहयोग गर्छ, माओवादीले हरि पौडेललाई सहयोग गर्छ । सुनिल ढकाललाई एमालले सहयोग गर्नसक्छ भन्ने चर्चा सिहंदरबारतिर चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *