उद्योगमन्त्री भण्डारीको हर्कतले सर्वसाधारण मारमा

राजनीति समाचार

काठमाडौं । एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले तस्कर र माफियाहरुलाई कारबाही गर्नुको सट्टा उनीहरुसँगै मिलेमतो गरी उठ्ती धन्दा चलाएको एमालेकै कार्यकर्ताहरुले बताउन थालेका छन् । मन्त्री भण्डारीले सिमेन्ट, रड र जुत्ता कम्पनीहरुसँग समन्वय गरी आर्थिक लाभ लिएको बताइन्छ ।

किन कि गोलस्टर जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चरर प्रा.लि.लाई गत साउन ४ गते पुरानो र राम्रो जुत्ता कम्पनी भनेर अवार्ड दिई सम्मान गरिएको थियो । गोल्डस्टार जुत्ता कम्पनीको त्यो अवार्ड र सम्मान वितरणमा पनि मन्त्री भण्डारीले लाभ लिएको स्रोतको दावी छ । अर्कोतर्फ मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरु सेटै फेरबदल गरेर ठूलो आर्थिक चलखेल गरेको बताइन्छ ।

वाणिज्य विभागका कर्मचारीलाई कम्पनी रजिष्ट्रारमा र कम्पनी रजिष्ट्रारका कर्मचारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सेटै फेरबदल गरेका थिए । अहिले दुवैतिरका कर्मचारीहरु कामको अनुभव नभएर हाजिर गरेर दिन बिताइरहेका छन् । कर्मचरीहरुमा काम गर्ने अनुभव नभएपछि कम्पनी रजिष्ट्रारको मिटिङ हलमा तालीम दिन थालिएको छ ।

सम्बन्धित कार्यालयको कामको अनुभवन नभएका कर्मचारी सेटै परिवर्तन गरेपछि सेवाग्राहीहरु मारमा परिराखेका छन् । कम्पनी रजिष्ट्रार कार्मचारी वाणिज्यमा सरुवा गरिएको छ भने रजिष्ट्रारलाई मन्त्रालयमा तानिएको छ । उता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई भने यथावत राखिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुभव नभएका कर्मचारी सरुवा गरेर बजारमा अखाद्य वस्तु विक्रीवितरण हुने, विक्रीवितरणमा स्वीकृति नपाएका काजु, पेस्तादानालगायत वस्तु बजारमा छ्यापछ्प्ती पारेर मन्त्री भण्डारीले फाइदा लिइरहेको स्रोतको भनाइ छ । त्योसँगै मन्त्री भण्डारीको विरोध गर्ने कर्मचारीहरुलाई छानीछानी सरुवा गर्ने र आफू निकटका कर्मचारी भित्र्याउने गरेका छन् । उता, व्यापारी र उद्योगीहरुसँग मिलेमतो गरी उद्योग विभागको महानिर्देशकमा राजेश्वर ज्ञावलीलाई पठाएका थिए । अहिले उनै ज्ञावलीमार्फत विभिन्न सिमेन्ट, रड, जुत्ता, खाद्यान्नका विभिन्न उद्योग र कम्पनीहरुबाट उठ्ती धन्दा चलाइरहेको बताइन्छ ।

उद्योग मन्त्रीको यस्तो हर्कतले गर्दा सर्वसाधारण जनताहरु महंगीको मारमा पर्नुका साथै अखाद्य मिसावट भएका खाद्यान्नले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । त्योसँगै सरकारले कुनै उपभोग्य वस्तुको मूल्य सूचि पनि तय गरेको छैन । उद्योगी र व्यापारीहरुले आफू खुसी मूल्य राखेर सामानहरु बेचिरहेका छन् । त्यसरी विक्रीवितरण गरिने सामग्रीको गुणस्तरको अनुगमन पनि गरेको पाइँदैन । बजारमा एमआरपी लगाएका सामानहरु विक्रीवितरण छन् कि छैनन् त्यसमा पनि सरकार बेखर बनिरहेको छ । उता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी भने तिनै व्यापारी र उद्योगीसँग मिलेमतो गरी कमाउधन्दा चलाइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *