काठमाडौं । नेपालको प्रमुख तथा बहुचर्चित अटोमोबाइल प्रदर्शनी नाडा अटो ‘शो २०२६’ यहीँ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ । नाडा अटो शोको १८औं संस्करणलाई यस वर्ष नाडाको ५०औं वार्षिकोत्सवको अवस पारेर ’स्वर्ण उत्सव संस्करण’ का रूपमा विशेष भव्यताका साथ आयोजना गर्न लागिएको हो ।
दिनसम्म सञ्चालन हुने प्रदर्शनीले तीव्र गतिम विकसित भइरहेको नेपालको अटोमोबाइ तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक व्यावसायिक पक्षलाई एउटै मञ्चबाट प्रस्तु गर्ने आयोजकको विश्वास छ । यस प्रदर्शनी विगतमा झैँ अटोमोबाइल कम्पनीहरुलाई आफ्न नविनतम् सवारीसाधन, प्रविधि, उत्पादन तथ सेवाहरु प्रदर्शन गर्न र ग्राहक तथा व्यवसा सरोवालासँग प्रत्यक्ष सम्पर्क स्थापित महत्वपूर्ण अवसर प्रदान गर्ने छ ।
प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरू नवीनतम सवारीसाधन, प्रविधि आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिक गर्नुका साथै ग्राहक, व्यवसायी र अन्य सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर पाउनेछन् । सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना हुने शोमा आगन्तुकले बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका पेसेन्जर कार भेइकल, १७ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन तथा १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकको सहभागिता रहनेछ । त्यस्तै, करिब ७० वटा स्टलमा अटोमोबइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायत अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन तथा सेवा प्रदर्शन गरिनेछ ।

