म कानुनको विद्यार्थी हुँ । यस अर्थमा मेरो राजनीतिक बिष्लेषण हुनुपर्ने अति पोषणयुक्त नहुन पनि सक्छ । तर कानूनको अध्यन अध्यापन गराउने कलेजले अनुसंन्धान र राजनीतिलाई सन्दर्भ बाहिर नराखी अध्यन अध्यापन गराउने भएको कारण कानूनको विद्यार्थीलाई राजनीतिको ज्ञान सुन्य हुन्छ भन्नु हुँदैन । त्यसमा पनि आजको युग सूचना र प्रविधिमैत्री भएको हुँदा सैदान्तिक ज्ञान नभएको र पढ्न लेख्न नसक्ने सामान्य मानिसले पनि तथ्यहरुको मुल्याङ्कन गरी अनुसंधान र राजनीतिको राम्रो विश्लेषण गर्न सक्छ ।
त्यसरी हेर्दा मेरो बिचारले राजनीति शास्त्रको विज्ञानसम्मत मार्ग अबलम्वन गर्न नसकेको रहेछ भने पनि क्षितिज देखेको कुरामा विश्वास गर्दा फरक पर्दैन भनेर पाठकहरुलाई आस्वस्थ गराउन चाहन्छु । अब विषय प्रवेश गरौंं । नेपालमा बस्ने हामी नेपाली एक परिवारका सदस्य हौं । नेपाल हाम्रो घर हो । यसको राम्रो व्यवस्थापन नेपालीहरुको मन मिलेमा मात्र, हुन सक्छ । मन मिल्ने कुरा बाहिरी षडयन्त्रको पर्दाफास भएपछि बातावरणले निर्माण गर्दछ । यही मोडमा आज नेपालको राजनीति आइपुगेको छ भन्ने लेखकको ठहर छ ।
हामीले विभिन्न शक्ति केन्द्रको कुरामा विश्वास गरेर बिकासको नारा दिँदै देशमा कयौं पटक राजनीतिक परिवर्तन ग¥यौं । ती राजनीतिक परिवर्तनबाट निर्माण भएको नेतृत्वले हाम्रा कुरा नसुनेर विभिन्न शक्तिकेन्द्रको स्वार्थ अनुकूल काम गरेको कारण देश झन्–झन् बर्बाद भयो हाम्रा छोरा नातिहरु घर छोडेर बिदेशिन बाध्य भए । हुँदा–हुँदा आज देशै नरहने हो कि भन्ने आशंका उब्जिन थालेको छ । विगतमा मिलेर बसेको नेपाली समाजले सत्रुताको सिकार हुनुपर्ने हो कि भन्ने त्रासले सताइ रहेको छ ।
नेपालमा यो अवस्था कसरी आयो भन्दा नेपालीहरुले उत्पादनलाई महत्व दिन छोडेर सहज आम्दानीको खोजी गरेको कारण सहयोगको नाममा विदेशी स्वार्थले नेपाल प्रवेश गर्ने मौका पायो । त्यहि सहयोग माछाको काँडा समान नेपाल र नेपालीको घाँटिमा अड्किदा निल्नु नओकल्न भएर आएको हो भन्न भिन्न हिचकिचाउनु पर्ने अवस्था छैन ।
यस्तो विदेशी सहयो लिने कुरालाई राष्ट्रहित अनुकूल, प्रतिकुल के हमनेर पहिचान नगरी लिनु हुँदैन भन्ने नीति अवलम्बन गरेको सन्दर्भमा पृथ्वीनारायण शाहले फिरङ्गीको नाम दिएर क्रिष्चियन मिसनरीहरुलाई नेपालबाट काखेट्नु परेको थियो । त्यसलाई विदेशीले ‘इगो’ बनाएर विभिन्न रूपमा नेपाल प्रवेश गरेर नेपालको स्थायी शक्ति राजसंस्था विरुद्ध जनतामा भ्रम सृजना गरेर परिणाम नेपाल र नेपालको राजसंस्था नेपाली राजनीतिको इतिहासमा ‘एक सिक्काका दुई पाटा हुन्’ भन्ने कुरालाई नेपाली जनताले महत्व दिन छोड्यो । यो नै देशको लागी सबै भन्दा ठूलो विडम्बना थियो ।
वर्तमान समयका जो कोहीले सिंगो नेपालको निर्माण राजसंस्थाले गरेको होइन भन्न सक्ने अवस्था हँुदैन भन्छन् भने वास्तवमा त्यो नेपाली हो कि होइन ? भनेर शंका गर्न पर्ने हुन्छ । राजसंस्थाको बिरोध गर्ने कसै कसैले राजाले मात्र बनाएर सिंगो देश बनेको होइन घाटो पुर्खाले पनि लडेका थिए भन्ने गरेको सुनिन्छ । त्यसो भनेर राजाको भूमिकालाई निस्तेज गर्न चाहनेहरूले नेपालमा १० बर्षे जनयुद्धको नाम दिएर गरिएको क्रान्त्रि प्रचण्डले गरेको होइन हामीले गरेको हो पनि भन्लान् तर त्यो तर्कलाई देशी विदेशी, शक्तिहरुले स्वीकार गर्दैनन् । एकछिनको आगे देवीकार गर्छन भन्न पनि सकिएला भन्दैमा हुने भए यत्र तत्र सर्वत्र प्रचण्डलाई मात्र जवाफदेही किन बनाइन्छ ? यसको उपयुक्त जवाफ दिन सकिन्छ भने मात्र राजाले सिंगो नेपाल बनाएको नभई हाम्रो पूर्खाले पनि बनाएको हो भन्ने जसको हिस्सा खोज्न उपयुक्त हुन्छ ।
कुनै पनि युद्ध, क्रान्त्रि र बिद्रोह एक्लैले गरेर गरिने कुरा होइन । निश्चय पनि सफलताको पछाडि धेरै व्यक्ति, समूह, संगठन र शक्तिहरुको योगदान रहेको हुन्छ । तर त्यसको नेतृत्वलाई मोहडा बनाएर इतिहास कोकिने गर्दछ । त्यसको मतलब इतिहासले गर्ने नेतृत्व गर्ने बाहेकका अन्य व्यक्ति, समूह, संगठन र शक्तिलाई अवमुल्यन गर्यो भन्न मिल्दैन । यही अर्थमा लिंगो नेपाल निर्माणका लागी हाम्रो शर्खाको भारी योगदान भएर पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा राजाको नाम अगाडि आएको हो। वास्तवमा सिंगो नेपाल निर्माणमा राजा र जनताको उत्तिकै योगदान रहेको छ । र राजाले त्यसलाई बिर्सेका पनि छैनन् ।
यदि वॉर्सेको भए लोक सम्मती अनुसार शासन गर्ने हाम्रो परम्परा रही आए बमोजीम हामीबाट यसो गरेकाछौ भनेर हरेक सम्बोधनमा भन्ने थिएनन् होला । जनताको आदेश ठूलो मानेर दरबार छोड्ने पनि थिएनन् होला भन्ने कुरालाई हामीले समयसापेक्ष बुझ्नु आजको आवश्यकता हो । राजालाई नेपाली जनतासँग मिलेर मात्र पुर्खाको विरासतको रूपमा रहेको नेपालको सार्वभौमिकता, अखण्डता, स्वाभिमान र स्वतन्त्रतालाई बचाउन सकिन्छ भन्ने भलिभाँती जानकारी छ ।
त्यस्तो जानकारी राख्ने राजाले जथाभावी गर्छन् भन्नु नेपालको वास्तविकतालाई बुझेर पनि बुझपचाउनु हो । त्यसैलाई उजागर गर्न राजा ज्ञानेन्द्रले दरबार छोड्ने बेलामा पत्रकार सम्मेलन गरेर देश नछोड्ने उद्घोष गरेका थिए ।
राजाको यो गतिविधिले नेपालमा पैसा लगानी गरेर स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने विदेशी शक्ति र विदेशी शक्तिहरुको पैसामा बिक्ने राष्ट्रघातीहरुलाई गम्भीर असर पारेको छ । त्यसैले नागरिक हैसियतमा बसेको राजालाई पनि यिनीहरुले खतरा ठानेका छन् । जसको प्रमाण तीनकुने घटनामा राजालाई जिम्मेवार बनाउन खोज्नु र जेनजी आन्दोलन पछाडि दलहरुलाई तितरवितर पारेर राजालाई गद्दीमा राख्न खोज्नु अगि ती कुराहरु सफल नभए पछि दरबार हत्याकाण्ड र राजाको सम्पत्ति छानविनको कुरा अगाडि ल्याउनु अनि राजा भन्नेहरुलाई २५ वर्ष जेल हाल्ने कानून बनाउने कुरा गर्नुलाई लिन सकिन्छ ।
यस्तो अवस्थामा नेपालीहरुले सतर्क हुनुपर्ने कुरा के छ भने २०४६ साल पछाडि नेपलको सरकारमा आउने र जानेको अनुहार फेरियो होला तर विदेशी स्वार्थपूर्ण लक्ष्य फेरिएको छैन । यसरी सरकारमा आउने र जानेको अनुहार फेरिनुमा परिवर्तित पात्रले भइरहेको पात्रले भन्दा बढी काम गर्ने गरी विदेशी स्वार्थ सामु गरेको प्रतिवद्धताले भूमिका लेखेको छ भन्दा अतिसयोक्ति नहोला ।
यो कुरामा केही नेपालीहरु सचेत भइसकेका छन् भने केही नेपालहरु आफै भ्रममा छन् । तीनै भ्रममा रहेकाहरुको वैशाखी टेकेर नेपालको हितविपरीतको गतिविधिले शासन गर्न सफल भइरहेको छ । यसबाट बच्ने हो भने हामीले शासनसत्तामा राजालाई अटाउनै पर्दछ, अन्यथा देशको अस्तित्व बचाउन सकिँदैन ।

