भावी मुख्यसचिव बन्न कर्ण र दुवाडीको प्रतिस्पर्धा

राजनीति समाचार

काठमाडौं । निजामती क्षेत्रभित्र व्यापक रुपमा भ्रष्टाचार र अनियमितता भएको समाचार मिडियामा सार्वजनिक प्रकाशित भइरहँदा त्यसको नियन्त्रण मुख्यसचिव तथा प्रधनमन्त्री कार्यालयले गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालय नै भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएर बदनाम हुँदै गएपछि निजामती क्षेत्र तहसनहस हुन पुगेको छ । मुख्यसचिव एकनाराण अर्यालले पनि कर्मचारी वर्गलाई चुस्तदुरुस्त ढंगले चलायमान बनाउन सकेका छैनन् ।

मुख्यसचिव अर्याल नै कमाउधन्दामा लागेपछि कसरी हुन्छ सुशान कायम ? मुख्यसचिव अर्यालले न त कूलिङ पिरियड लागु गर्न सके न त संघीय निजामती विधेयक नै ल्याउन सके । अर्याल चलाख बन्दा ‘कूलिङ पिरियड’ र निजामती ऐन चिप्लिएको छ । आगामी मंसिरमा उमेदहको कारण मुख्य सचिव अर्यालय जागिरबाट अवकास पाउँदैछन् । जागिरे अवधि छोटिँदै गएपछि अर्यालको कमाउधन्दा झन् फस्टाएको छ । कर्मचारी सरुवाको सिजन सुरु भएको छ ।

कर्मचारी सरुवामा कर्मचारी युनियनका नेतादेखि मुख्यसचिवको सेटिङमा मालदार कार्यालयहरु भन्सार, राजश्व, कर कार्यालय, मालपोत र नापी कार्यालयहरु कर्मचारी सरुवामा लेनदेनको खेती फस्टाउन थालेको छ । साउनदेखि कात्तिकसम्म कर्मचारी सरुवाको सिजन चलेसँगै मुख्य सचिव अर्यालको कमाउधनन्दा फस्टाउँदै गएको छ । अर्कोतर्फ अर्यालको जागिरे अवधि सकिएसँगै भावी मुख्यसचिव बन्नको लागि पुष्कर हरि कर्ण र गोकर्णमणि दुवाडीको दौडधूप सुरु भएको छ । दुवाडीको जागिरे अवधि पनि छोटिँदै गएको छ ।

जागिरबाट अवकास हुने दिन नजिकिँदै गर्दा डुवानी मुख्य सचिव बन्ने सम्भावना कम छ । तर, दुवाडी गृहसचिव स्तरीय बैठकमा भाग लिन भारत गएर फर्किएसँगै अर्को देश भ्रमणमा निस्किएका थिए । विदेश भ्रमणकै क्रममा पनि विदेशका होटलमा बसेर नेपालमा मुख्य सचिव बन्न चाजोपाजो मिलाइरहेका छन । त्यसैगरी अर्का मुख्यसचिवका दावेदार पुष्करहरि कर्ण शक्तिकेन्द्रदेखि प्रधानमन्त्रीलाई समेत प्रयोग गर्न थालेका छन् । तर, प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा कर्णलाई मुख्यसचिव बनाउने सम्भावना देखिँदैन ।

त्यसको विकल्पमा अन्य सचिवहरुको खोजी भइरहेको कर्मचारी स्रोतले बताएको छ । कर्णले शक्ति केन्द्रमा भनसुनसँगै मुख्यसचिव अर्यालको चाकडी पनि त्यत्तिकै गरिराखेका छन् । पहिला सचिव अर्याल र कर्णको पानीबाराबारको स्थिति थियो । अहिले सचिव द्वय कर्ण र अर्यालको मिलेमतोमा कमाउधन्दामा फस्टाएको छ । कर्ण साम, दाम र दण्डभेद प्रयोग गरेर भए पनि मुख्य सचिव भइछाड्ने दाउमा छन् । त्यसले गर्दा पनि श्रममा बसेर सेटिङ गर्दै वैदेशिक रोजागर विभागदेखि म्यानपावर कम्पनीसम्म सेटिङ गरेर कमाउधन्दा सञ्चालन गरिरहेको श्रोतले उल्लेख गरेको छ उता मन्त्री सरद सिंह भण्डारी र सचिव कर्णको द्वन्द्वले मन्त्रालयभित्र सबै कर्मचारीभित्र मनमुटाव शुरु भएको छ ।

सचिव कर्णले लोसपाका अध्यक्ष महन्त ठाकुरलाई प्रयोग गरी श्रममन्त्रीमा सर्वेन्दनाथ शुक्लालाई ल्याउने योजना बनाइरहेका छन् । अध्यक्ष ठाकुरले पनि सर्वोन्द्रनाथ शुक्लालाई श्रममन्त्री बनाउनको लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीलाई सिफारिस गरेका छन् । तर, कांग्रेस र एमालेबीच मन्त्रिमण्डल परिवर्तनमा सहमति नहुँदा भण्डारीलाई बर्खास्त गरेर शुक्लालाई मन्त्रीमा नियुक्ति गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *