आयोगमा ओमिक्रोनभन्दा कडा भाइरसको आतंक

Uncategorized

काठमाडौं । अहिले ओमिक्रोन भाइरसको संक्रमणदर क्रमश ओरालो लाग्दैछ, तर त्योभन्दा पनि खतरानाक भाइरस अहिले कान्तिपथतिर प्रवेश गरेको चर्चा छ । त्यही भाइरस हाबी हुँदा कान्तिपथका दुई जना हाकिमबीचको द्वन्द्वसमेत चर्किएको चर्चा निर्वाचन आयोगतिर सुन्न पाइन्छ । खासमा यस्तो द्वन्द्वको स्थितिमा पुगेका हुन, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र ईश्वरीप्रसाद पौडेल । निर्वाचन आयोग स्रोतका अनुसार ईश्वरीकै कारण आगामी स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । नेपाली दाजुभाइ राम लक्ष्मण रिमालले निर्माण गरेको र हालसम्म एक सयभन्दा बढी निर्वाचन गराइसकेको विद्युतीय भोटिङ मेसिनबाटै निर्वाचन गराउन दिनेश थपलियाहरूले चाहना राखेको भए पनि उनै ईश्वरी बाधकभन्दा सो काम रोकिएको आयोग स्रोतले जनाएको छ । पौडेल मेलम्ची खानेपानीमा कार्यरत रहँदा गन्याएका कर्मचारी हुन अवकाशपछि द्रव्य भेटी चढाएर उनी आयुक्त बन्न पुगेका थिए कांग्रेसी कोटाबाट । विगतमा गोपीनाथ मैनाली सचिव हुँदासमेत उनै ईश्वरीकै कारण त्यहाँ गाडी काण्ड मच्चिएको जानकारहरू सुनाउँछन् । त्यसपछि कोभिडको समयमा स्वास्थ्य सामग्री खरिदमा सेटिङमा घोटाला गर्ने ओम्नी समूहका तुलहरि र किशोर पन्थले उनै आयुक्त पौडेल र तत्कालीन सचिव बेगेन्द्रराज शर्मा पौडेलसँगको मिलेमतोमा निर्वाचन आयोगलाई सेकेन्ड ह्यान्ड प्रिन्टर भिडाएको थिए । पछि त्यसलाई महालेखा नियन्त्रकको कार्यालयले खोट औँल्याएको थियो ।
यसका अलवा पौडेल मतदाता परिचयपत्र लगायतका विभिन्न छपाई कार्यक्रममा ओम्नीलाई राज्यको करोडौं रकम सुम्पिएका थिए । निर्वाचन आयोग स्रोतका अनुसार उनै पौडेलको अग्रसरतामा २५ करोडमा आफैं बिचौलिया भई भित्र्याएको छपाई उपकरण हाल निर्वाचन आयोगमा काम नलाग्ने अवस्थामा थन्किएको छ । उसो त दिनेश थपलिया पनि दूधले नुहाएका कर्मचारी भने होइन सामान्य प्रशासनमा रहँदा कर्मचारी समायोजनका नाममा, स्थानीय विकास मन्त्रालयमा रहँदा हरेक स्थानीय तहको वेबसाइट निर्माण गर्ने नाममा एउटा सफ्टवेयर बनाएर करोडौं कमाउन सफल भएका कर्मचारी हुन् । अवकाश हुनुपूर्व नै ओलीलाई मिलाएर प्रमुख आयुक्त बन्न सफल यी आयुक्तहरूलाई अहिले त्यहीँका कर्मचारीहरू चाहिँ ओमिक्रोन भाइरसभन्दा कडा भाइरस भन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *