भीमेश्वर नगरपालिकामा जनप्रतिनिधिका पाँच वर्ष

समाचार

विगतमा स्थानीय निकायको अभ्यास गर्दै आएका थियौँ । पछिल्लो संविधानले स्थानीय तह नामाकरण गरेर अलि नौलो अभ्यासलाई आत्मसात ग¥यो । स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूले राज्यका तीनवटै अंगले गर्ने काम सम्पादन गर्नुपर्ने व्यवस्था आयो । त्यहीअनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनका क्रममा भीमेश्वर नगरपालिकामा पनि जनप्रतिनिधिहरूको उपस्थिति रह्यो । स्थानीय तहमा सरकार, संसद, र न्यायपालिकको भूमिकासमेत निर्वाह गर्नु परेको थियो । यो अभ्यास आफैंमा नौलो थियो । यस्तो बेलामा अन्योलता आउनु स्वभाविकै थियो । यस लेखमा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिहरूले राज्यको अंगअनुसारका केही कामहरूको बारेमा लेखाजोखा गर्ने कोसिस गरिएको छ । भीमेश्वर नगरपालिकाका जनप्रतिनिधहरूको पाँच वर्षीय समीक्षा विषयक एक कार्यशाला आयोजना गरिएको थियो, सो कार्यक्रममा आधारित भएर यो लेख तयार गरिएको छ ।
स्थानीय तहमा रहेको संवैधानिक व्यवस्थाअनुसार कार्यपालिका अर्थात् सरकारको भूमिका निर्वाह गर्दै केही प्रभाविला कामहरू गरेको देखिन्छ । यस नगरपालिकाले विगत पाँच वर्षमा सबैभन्दा बढी ध्यान पूर्वाधार निर्माणतर्फ दिएको देखिन्छ । सडक, नीजि घर तथा सामुदायिक भवन, खानेपानी तथा केही महत्वकांक्षी पूर्वाधार निर्माणमा जोड दिएको देखिएको छ ।
यस पाँच वर्षमा भीमेश्वर नगरपालिकाले भौतिक विकासअन्तर्गत सबैभन्दा धेरै लगानी सडकतर्फ गरेको छ । साना–ठूला गरी १८५ वटा सडक बनाएको छ । सडकको कुल लम्बाई ४१७ किलोमिटर रहेको पाइन्छ । यी सडकहरूमध्ये झण्डै १६ किलोमिटर कालोपत्रे वा ढलान भएको छ भने २८१ किलोमिटर सडकमा बाह्रै महिना गाडी चल्न सक्ने अवस्था रहेको छ । सडकका लागि मात्र पाँच वर्षमा भीमेश्वर नगरपालिकाले रु. ३६ करोड १७ लाखभन्दा बढी खर्च गरेको छ । यसभित्र नगरस्तरीय सडक २६ वटा पहिचान गरी स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
भूकम्प पछिको पुननिर्माणका क्रममा यस नगरपालिका भित्र ११ हजार ९५० निजी घर पुनर्निर्माण भएका छन् । झण्डै १०० वटा जति सार्वजनिक भवनहरू निर्माण भएका छन् । ९७ करोडको साना सहरी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ भने ९१ करोडको ढल निर्माणको काम सुरुवात भएको छ ।
भीमेश्वर नगरपालिकाले तत्काल फाइदा पुग्ने मात्र नभई दीर्घकालसम्म लाभ प्राप्त हुन सक्ने, नगर तथा जिल्लामा पर्यटन पूर्वाधारको विकास एवम् विस्तार हुन सक्ने, नागरिकको प्रतिस्पर्धात्मक क्षमताको विकास हुन सक्ने, नगरपालिकाको आन्तरिक स्रोत अभिबृद्धि हुने, रोजगारी सिर्जना हुने र आम्दानी वृद्धि हुने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धन हुने गरी नगर गौरवका आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्न सुरु गरिएका छन् । कतिपय आयोजनाहरू विगतमा सुरु भएका थिए । ती आयोजनाहरूको थप पूर्वाधार सुधार गरी व्यवस्थित बनाइएको छ भने धेरैजति आयोजनाहरू यस अवधिमा सुरु गरिएको छ । यस्ता नगर गौरवका आयोजना एवम् वडाको पहिचानसमेत झल्कने केही महत्वाकांक्षी आयोजनाहरूको सुरुआत भएको छ ।
यस्ता आयोजनाहरूमध्ये वडा नं. १ मा थामी संग्राहालय, सुन्द्रावती मार्ग, भ्यूटावर संग्राहलय हाइकिङ रुट र एकिकृत वस्ती, वडा नंं २ मा चम्पुजा तथा मञ्जुश्री पार्क, मुद्रा संग्राहलय, वडा नं. ३ मा खुला चिडियाखाना, कभर्डहल, रंगाशाला र सपिङ कम्प्लेक्स, वडा नं. ४ मा टहलेश्वर महादेव मन्दिर, महाँकाल वृन्दावन, पाण्डव पार्क र नमुना एकिकृत वस्ती, वडा नंं. पाँच मा महांकाल मन्दीरको लागि जग्गा व्यवस्थापन एवं मन्दिर निर्माण, मयुर तथा साइन्स पार्क, वडा नं. ६ मा भ्युटावर, विश्व शान्ती वुद्ध पार्क, हिमालयन इन्स्टिच्यूट अफ साइन्स एकेडेमी वडा नं. ७ औद्योगिक ग्राम र हात्ति छहरा पर्यटन मार्ग वडा नं. ८ हात्ति छहरा पदमार्ग र कालिञ्चोक काउ फर्म रहेका छन् त्यसै गरी वडा नं. ९ मा शिव पोखरी, सूचनामूलक प्रवेश द्वार र फिल्म सिटी मूख्य रहेका छन् ।
यी आयोजनाहरू आरम्भ मात्र भएका छन् । तर, यी परियोजनाहरू आफैं रणनीतिक देखिन्छन् । यी परियोजना सुरुआत गराउनकै लागि पनि भीमेश्वर नगरपालिका नेतृत्व वा जनप्रतिनिधिहरूले लामै कसरत गरेका छन् । हरेक कार्यक्रममा यी महत्वाकांक्षी परियोजनाका बारेमा नबिर्सी चर्चा गर्नेे गरेका छन् ।
स्थानीय सरकारबाट प्रवाह हुने सेवामा भीमेश्वर लागि रहेको छ । सबै वडा कार्यालयहरू कर्मचारीसहित सञ्चालन भएका छन् । चारवटा वडाहरूको आफ्नै भवनसमेत निर्माण भएको छ । सबै वडामा जनप्रतिनिधिहरूको दैनिक उपस्थिति हुने गरेको छ । नागरिक वा सेवाग्राही वडा कार्यालयमा आउँदा जनप्रतिनिधि नभेटिने भन्ने गुनासो कमै सुनिन्छ । वडा कार्यालयमार्फत् सम्पादन हुने सेवाहरू प्रवाह नियमित भइरहेका छन् । वडा नं. ९ को भूगोललाई मध्येनजर राखी रुटिन मिलाई तीन स्थानबाट वडा कार्यालयका सेवा प्रवाह भइरहेको पाइन्छ । वडा नं. ९ को भुगोल धेरै ठूलो भएकोले बारअनुसार जनप्रतिनिधि र वडा सचिव उपस्थित भइ मोबाइल कार्यालय सञ्चालन हुने गरेको छ । त्यसै गरी हप्ताको दुई दिन सदरमुकाम चरिकोटबाट नै सेवा प्रवाह हुने गरेको छ । यसका लागि चरिकोट बजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
नगरभित्रका नागरिक ८० प्रतिशत भन्दा बढीले खोप पाइसकेका छन् । बुस्टर डोज पनि सुरुवात भइरहेको छ । हरेक वडास्तरका स्वास्थ्य सेवा कार्यालयमार्फत् सेवा प्रवाह भइरहेको छ । सहरी स्वास्थ्य केन्द्र, खोप केन्द्रसमेत गरी जम्मा १३ वटा स्वास्थ्य संस्थामार्फत् सेवा प्रदान भइरहेको छ । ज्येष्ठ नागरिक भत्ता बैंकमार्पmत् वडा केन्द्रमा गई सहज रूपमा उपलब्ध गराएको छ । हरेक वर्ष वृद्ध नागरिकसँग भलाकुसारी गरी चाडबाड खर्चवापत रु एक हजार वितरण गर्ने गरेको छ । दलित र गैरदलित बीच विवाह भएमा पाँच हजार पुरस्कार उपलब्ध गराई जातीय भेदभाव अन्त्यको लागि सकारात्मक विभेदको व्यवस्था गरिरहेको छ । मेडिकल डाक्टर अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई रु. १ लाख प्रोत्साहन खर्च उपलव्ध गराउने गरेको छ । यो सुविधा यस वर्षबाट सुरु भएकोमा दुई जना विद्यार्थीले लाभसमेत लिइसकेका छन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित शिक्षा प्रणालीमा एक रूपता ल्याउन विभिन्न कोसिस गरिरहेको छ । नगरभित्रका सरकारी तथा गैर सरकारी विद्यालयहरूमा एउटै पोसाकको व्यवस्था गरेको छ । जसले गर्दा बोर्डिङ र सरकारी स्कुलमा जाने विद्यार्थीहरूको विभेद अन्त्य हुन सहयोग पुगेको छ । ६ कक्षासम्मको विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोशाक उपलव्ध गराएको थियो । सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनलाई प्राथमिकता दिइएको छ । हरेक महिनाको एक पटक नागरिकका प्रश्न नगरप्रमुखसँग सोध्ने र अन्तक्र्रिया गर्ने ‘मेयरसँग जनताका कुरा’ रेडियो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ ।
यस नगरपालिकाले उत्पादन केन्द्रित काममा हात हालेको छ । नगरपालिकाको निरन्तर स्रोत व्यवस्थापनका लागि सपिङ कम्प्लेक्स निर्माण अन्तिम चरणमा पु¥याएको छ । त्यसैगरी कृषि उपज विस्तारमा यान्त्रिकरणमा अनुदान, सिचाइँ प्रबन्ध, गुणस्तरीय बिउ बिजनको प्रबन्धमा काम गरेको छ । कृषि उपज प्रवद्र्धनका लागि किवीको पकेट कार्यक्रम सञ्चालन गरिएको छ । कृषिलाई यान्त्रिकरण र निर्वाहमुखी खेती पद्दतीलाई व्यवसायमुखी बनाउने कार्यका लागि हाते ट्रयाक्टर, थ्रेसर, टनेल, रैथाने जातिको बिउ संरक्षण र प्रवद्र्धनजस्ता कार्य निरन्तर सञ्चालन भइरहेका छन् ।
संसदको भूमिकामा भीमेश्वर
राज्यको ३ अंगमध्ये एक संसद हो । यसअनुसार भीमेश्वरका जनप्रतिनिधिहरूले कानुन बनाउने कार्य गरेको पाइन्छ । यस क्रममा नगरसभाबाट ऐनहरू निर्माण गरी जारी भएका छन् भने कार्यपालिकाबाट नियमावली, कार्यविधिहरू तथा नीतिहरू गरी ४७ वटा कानुनी दस्तावेजहरू पारित गरिएको छ ।
नेपालको संविधान, ०७२ ले प्रदत्त गरेको संवैधानिक व्यवस्थाअनुसार उपप्रमुख संयोजक रहने गरी एक न्यायिक समिति गठन गर्ने व्यवस्था छ । सोहीअनुसार यस नगरको उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । यस अवधिमा जम्मा २३८ वटा उजुरी परेकोमा १७५ वटा फछ्र्यौट वा किनारा लगाएको छ । तीमध्ये १६९ वटा मिलापत्र गराइएका छन् भने ६ वटा अदालत वा अन्य निकायमा रिफर गरेको छ ।
संघीयताको अभ्याससँगै भीमेश्वर नगरले पाँच वर्षमा आफ्नो केही छाप छाड्न सफल भएको छ । यसलाई आधार मात्र मान्न सकिन्छ यसलाई संस्थागत गरी समृद्ध नगर बनाउन अझैं बाँकी छ ।
ड्ड १८५ वटा सडक, ४१७ किमी सडक, २८१ किमी बाह्रै महिना गाडी चल्ने अवस्था,
ड्ड नगरस्तरीय गौरबका आयोजनाहरू (२० वटा)
ड्ड दलित र गैर दलितबीच विवाह भए रु ५ हजार उपलव्ध गराउने प्रकृयाको थालनी
ड्ड एमबिबिएस अध्ययन गर्ने नगरक्षेत्रका विद्यार्थीलाई रु. एक लाख प्रोत्साहन स्वरूप उपलब्ध (यस वर्ष दुई जनालाई उपलब्ध गराएको)
ड्ड विद्यालय पोशाकमा एकरूपता ६ कक्षासम्मका विधार्थीलाई निःशुल्क पोशाक वितरण
ड्ड वृद्ध भेटघाट भलाकुसारी र एक हजार वार्षिक रूपमा उपलब्ध गराउने गरेको
ड्ड ८० प्रतिशतभन्दा बढी नागरिकलाइ कोभिडविरुद्धको भ्याक्सिन लगाउन सफल
भीमेश्वर नगरपालिका भौतिक पूर्वाधारको आधार तयार गर्नमा सफल भएको देखिन्छ । ती पूर्वाधारको स्तरोन्नति गरी अधिकतम् सदुपयोग गर्न सक्नु पर्दछ । ती पूर्वाधारहरू नगरवासीको समृद्धिको सपनासँग तालमेल मिलाउन सकिएन भने नागरिक बीचमा निरासा छाउन सक्छ । उत्पादन केन्द्रित काम गर्न सकिएन भने समृद्धि केवल निन्द्रामा देखिने सपना मात्र हुन सक्छ । त्यसका लागि यस नगरपालिकाले आगामी दिनमा भएका भौतिक पूर्वाधारको समुचित उपयोग तथा व्यवस्थापन, उत्पादनमूलक काम र नागरिकको घरदैलोबाट सेवा प्रवाह अबको प्राथमिकताका विषयहरू हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *