दिनानाथ शर्माले खेलाए हत्तु, अनधिकृत गाडीको प्रयोग

समाचार

काठमाडौं । आर्दशका ठूल्ठूला खोक्रा गफ गर्ने तर राज्यका स्रोत साधनमा दुरूपयोग गर्ने एक जना पूर्वमन्त्री तथा सांसदका कारण सिंहदरबारभित्रका कर्मचारीहरू हत्तु छन् । यसरी संसद सचिवालयका कर्मचारीहरूलाई हत्तु खेलाउने माननीय हुन् दिनानाथ शर्मा । जसले वर्षाैदेखि अनधिकृत रूपमा संसद् सचिवालयको सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरिरहेका छन् । संसदीय दलको नेता भए वापत सरकारले उपलव्ध गराएको सो सेवा र सुविधा उनको पद खुस्किदा समेत राज्यलाई फिर्ता गर्न आनाकानी गरे पछि संसद सचिवालयमा कार्यरत कर्मचारीहरू तारान्तार उनलाई फोन सम्पर्क गर्दछन् । तर, उनले अझैंसम्म पनि सो सुविधाको उपयोग गरिरहेका छन् । जतिखेर नेकपा पार्टी थियो उनी सो पार्टीका तर्फबाट राष्ट्रियसभामा सांसद मात्र भएनन् संसदीय दलको नेता पनि भए । स्वभाविक हो संसदीय दलको नेता भएपछि सरकारले उनलाई राज्यमन्त्री बराबरको सेवा वा सुविधा दिन्छ । उनले सो सुविधा लिइरहेको थिए । तर, जब नेकपा पार्टीको नाम ऋृषि कट्टेलको भएको फैसलासँगै पूर्व माओवादी र एमाले पूर्ववत अवस्थामा फर्काइयो सर्वाेच्च अदालतबाट दिनानाथको पद पनि गयो । तर, पद गएर मात्र के गर्नु ? उनको पद गएपछि नैतिक रूपमा सो सुविधा फिर्ता गर्नुपर्ने थियो तर गरेनन् । यसरी उनले प्रयोग गरिरहेको सवारी फिर्ता नगरेपछि संसद सचिवालयका कर्मचारीहरू तारन्तार शर्मालाई फोन हान्छन् । अहिले संघीय संसद्मा राजनीतिक दलको संख्या बढेसँगै सुविधा उपलब्ध गराउनुपर्ने पदाधिकारीको संख्या पनि बढेको छ । तर, संसद् सचिवालयले यसबीचमा सवारी खरिदका लागि अर्थमन्त्रालयबाट बजेट पाएको छैन । यस्तो अवस्थामा आफूसँग भएका गाडी मर्मत गरेर पदाधिकारीलाई दिन खोजेको, तर शर्मालाई संघीय संसद्को सवारी शाखाले पटकपटक ताकेता गर्दा पनि टेरिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *