कांग्रेसमा वरियतादेखि निर्वाचनको मुद्दामा समेत विवाद

समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अतिनिकटका नेता गोपालमान श्रेष्ठले नै अहिले पार्टी नेताहरूका लागि तया गरिएको मर्यादाक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । नेता श्रेष्ठले आफू विगतमा पटक–पटक पार्टीको उपसभापति तथा उपप्रधानमन्त्री भई सकेकोले वरियताक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलपछि तेस्रो स्थानमा आफू हुनुपर्ने दाबी गरिराखेका छन् । यसैगरी सभापति शेरबहादुर देउवाले १३औँ महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेललाई वरियता क्रममा आफूपछि राखेका थिए भने गत मंसिरमा सम्पन्न भएको १४औँ महाधिवेशनपछि भने आफूसँग सभापतिमा पराजित भएका शेखर कोइरालालाई सभापति देउवाले वरियता क्रममा २६औँ स्थानमा पु¥याएका छन् ।
वरियताको मामिलामा देउवानिकट श्रेष्ठसँगै शेखर कोइरालाले समेत असन्तोष व्यक्त गरिराखेको अवस्थामा वरियताका सम्बन्धमा अध्ययन गरेर सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले डिना शर्मा उपाध्यायको संयोजकत्वमा एउटा कार्यदल गठन गरेका छन् । समाचार सूत्रका अनुसार नेतृत्वमा किनारा लगाउनैका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको सुझावमा सभापति देउवाले नेता शेखर कोइरालालाई वरियताक्रममा पुच्छरमा पुग्ने गरी २६औँ स्थानमा पु¥याएका हुन् भनिन्छ । यसैगरी आगामी स्थानीय निर्वाचन कसरी लड्ने भन्ने सम्बन्धमा विवादले निकास नपाइरहेको अवस्थामा पनि केन्द्रीय कार्य समितिको बैठक दुई दिन मात्र बाँकी हुँदा पनि सभापति देउवाले नेता शेखर कोइरालासँग यस सम्बन्धमा समान्य छलफलसमेत गरेका छैनन् । जबकी सभापति देउवास सरकारमा रहेका अन्य दलहरूसँग सहकार्य गरेर गठबन्धनमार्फत तीनै तहको निर्वाचनमा उत्रनुपर्छ भन्ने पक्षमा छन् भने नेता शेखर कोइराला भने तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रिएर संघीय निर्वाचनमा स्पष्ट बहुमत ल्याई सरकार बनाउनु पर्छ भन्ने पक्षमा छन् । यो विवादलाई निकास दिनका लागि पनि सभापति देउवाले नेता कोइरालासँग छलफल गर्न अहिलेसम्म आवश्यक ठानेको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *