ठगीधन्दामा महिलाको संलग्नता बढ्दै

राजनीति समाचार

काठमाडौं । सरकारले देशमा सुशासन कायम गर्न नसक्दा सबै क्षेत्रमा ठगीका धन्दा फस्टाएका छन् । बैंक, वित्तीय संस्था तथा सहकारी र फाइदान्सहरुले धितो लिलामी र निक्षेपकर्ताको पैसा हिनामा गरेर ठगी गरिरहेका छन् । कसैले मिटर ब्याजमा पैसा लगानी गरेर ठगी गरेका छन्, कसैले वैदेशिक रोजगारीको नाममा ठगी गरेका छन् भने कतिपयले ऋण दिने र पछि रकम भर्ने गरी खाली चेक लिने गरेर ठग्ने गरेका छन् । मिटर ब्याजमा पैसा लगानी गर्नेहरुले ऋणीले समयमा तिर्न नसकेपछि पटक–पटके अन्य चेक काट् लगाउँछन् ।

ऋणीबाट लगेको पैसाभन्दा ४, ५ गुण बढीको चेक हात पारिसकेपछि बाउन्स गरेर गठीको मुद्दा हाल्ने गरेका छन् । त्यसको गतिलो उदाहरण बनेकी छिन् मिटर ब्याजी सिर्जना कार्की (कटुवाल) । सिर्जनाले पवित्रा राईलाई ३ लाख ५० हजार रुपैयाँ ऋण दिएर पटक–पटक गरी ४ वटा चेक हात पारेकी थिइन् । सिर्जनाले पवित्रा राईलाई ३ लाख ५० हजार रुपैयाँ ऋण दिएबापत लिएको खाली चेकमा २७ लाख रुपैयाँ भरेर नविल बैंकमा साट्न गइन् । तर, बैंकको सो चेकमा उल्लेख गरिएको रकम नभएपछि बाउन्समा गरिदिन बैंकलाई भनिन् ।

बैंकले चेक बाउन्स गरेपछि कार्कीले महाराजगञ्ज प्रहरी चौकीमा चेक दिने पवित्रा राईविरुद्ध उजुरी हालिन् । प्रहरीले सिर्जना कार्की (कटुवाल) र ऋणी पवित्रा राई दुवैलाई वडा अध्यक्षको रोहवरमा नागरिक बचाउ अभियानकर्तासँग छलफल गराएको थियो । सो छलफलपछि सिर्जना कार्की (कटुवाल)ले दावी गरेको २७ लाख रकमको चेक ९ लाखमा मिलापत्र गराए र प्रहरीले वडा अध्यक्ष र नागरिक बचाउ अभियानर्कताको रोहवरमा गराएको छलफल पछि सिर्जना कार्की (कटुवाल)ले नागरिक बचाउ अभियानकर्ता कुमार बस्नेतलाई गालीगलौज गर्नुको साथै बलात्कार गर्न खोजेको आरोप समेत लगाएको बताइन्छ ।

जनप्रतिनिधि, सुरक्ष निकाय र नागरिक अभियान्तसमेत उपस्थितिमा भएको मिलापत्रको अवज्ञ गर्दै सिर्जनाले उल्टै तथानाम गाली व्यइज्जती गर्नु कतिसम्म जाहेज होला ? यतिबेला देशैभर विभिन्न खाले ठगीधन्दा र ब्ल्याकमेलहरु फस्टाउन थालेका छन् । यस्ता घटनामा अधिकांश महिलाहरु संलग्न हुने गरेको पाइन्छ ।

त्यतिमात्रै होइन लागुपद्धार्थ ओसारपसारदेखि जीउमास्ने बेच्नेसम्म काममा महिलाहरु संलग्न हुने गरेका छन् । त्योसँगै विभिन्न व्यक्तिहरुलाई कुलतमा फसाउने, अपहरण गरी फिरौती माग्ने काममा पनि महिलाई प्रयोग गर्ने गरेका छन् । आर्थिक कारोबारमा गठी गर्नेदेखि वैदेशिक रोजगारीको नाममा ठगी गर्ने महिलाहरु पनि त्यत्तिकै छन् । पछिल्लो समय अधिकांश ठगीका घटना महिलाहरुको संलग्नता बढ्दै गएको उजुरीहरु नेपाल प्रहरीमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *