राजनीतिक दलभित्र संगठन भजाउँदै खाँदै

Uncategorized

काठमाडौं । नेपालको राजनीतिक दलभित्र खिचडी पाक्दै गरेको छ । राजनीतिक पार्टीभित्र एकले अर्काे पार्टीको नेतालाई तथानाम गाली गर्दा ताली बज्ने गरेको छ । नेताहरूले कार्यकर्तालाई दास बनाएका छन् । कार्यकर्ता पनि ठूलो–ठूलो स्वरमा विपक्षी नेतालाई तथानाम सत्तोसराप गर्न लागिपरेका देखिन्छन् । पार्टीका नेताले यस्तैगाली र ताली खानमा रमाइरहेको देख्न सकिन्छ । राजनीतिक पार्टीभित्र विभिन्न संगठन आवद्ध भएका छन् । पेसा व्यवसायलाई राजनीतिक थलो बनाइएको छ । पेसालाई भजाएर खाएका छन् । खासगरी संगठनलाई बलियो बनाउने भन्दै संगठनमा राजनीति गर्ने व्यक्तिले पेसागत व्यवसायीलाई धरासायी बनाउने काम राजनीतिक दलले गर्दै आएको छ । नेपालको राजनीतिक दलको यस्तै खालको गतिविधिले मुलुक थिलो–थिलो बनिसकेको छ । संगठनको नेता बन्नलाई विभिन्न दलनिकट संगठन बनेका छन् । संगठनको नेता भएपछि पार्टीको नेतालाई मञ्च दिएर बोल्ने ठाउँ बनाइदिएका छन् । संगठनको नाममा च्याउसरी खोलिएका संगठन छिन्नभिन्न अवस्थामा छन् । राजनीतिक कार्यकर्ता राख्ने ठाउँ भएको छ ।
नेपाली कांग्रेस पार्टीमा विभिन्न नाम दिएर खोलिएका संगठन थुप्रै छन् । यसमा कार्यकर्ताले विभिन्न पद सम्हालेका छन् । तर, नेता बन्ने होडबाजीले पार्टीविपरीत सदस्यता बाँड्ने र सदस्य बनाउने, संगठनमा नेता हुने प्रचलन हाबी हुँदै गएको छ । यस्तै एमालेभित्र पनि धेरै संगठनहरू रहेका छन् । संगठनलाई भजाएर या पेसालाई भजाएर खाने व्यक्तिहरू हाबी भएका छन् । वास्तविक पार्टीको मर्म र भावना, निष्ठाअनुरूप पार्टीमा लागेर जीवन बिताएका व्यक्ति विस्तारै–विस्तारै लोप हुन थालेका छन् । यो के हो भने नेपालका राजनीतिक पार्टी विस्तारै विस्थापित हुने देखिन्छ । राजनीतिक विचार, सिद्धान्त, नीति नियम त्याग्दै गएपछि पार्टी विलयको अवस्था आउन थालेको छ । नेपाली कांग्रेस फुट्यो र जुट्यो । नेकपा एमालेबाट फुटेर सिपी मैनालीको पार्टी बन्यो । माओवादीबाट फुटेर विप्लवले नयाँ पार्टी बनाए । जनमोर्चा फुट्दाफुट्दै अहिले एक जना सांसदमा खुम्चिएको छ । यस्तै नारायणमान विजुक्छेले एक सिटभन्दा माथि चुनाव जित्न सकेका छैनन् । राजनीतिक पार्टीमा नीति विचार, सिद्धान्त हराउँदै गएको छ । नेता व्यक्ति हाबी भएका छन् । व्यक्ति हाबी भएपछि पार्टी र संगठन बलियो बन्ने गरेको छैन । सबै संगठनमा भद्रगोल छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सबै भद्रगोल अवस्थामा छन् । यसरी पार्टीभित्र वितृष्ण ल्याउने काम भएको छ । यस्तै तराईका राजनीतिक दल टुक्राटुक्रा भएका छन् । तराई मधेसमा पार्टी नेतामुखी भएका छन्, जनतामुखी छैनन् । अब पालो नेपाली कांग्रेसको आएको छ । नेपाली कांग्रेस पार्टीभित्र व्यक्ति हाबी भएको छ । पार्टीमा १२ थरि नेता छन् । रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, शेरबहादुर देउवाबीच भविष्यमा कसको पल्ला भारी हुन्छ कसैलाई जानकारी छैन । एमालेमा माधव नेपालले नयाँ पार्टी खोलेपछि अहिले केपी ओली हाबी भएका छन् ।
केपी ओलीको घमण्डले गर्दा पार्टीभित्र विभिन्न विचारलाई त्यागी कार्यकर्ता बिच्किएका छन् । पार्टीलाई प्रतिस्पर्धामा लैजानुपर्ने ठाउँमा केपीभक्त गीत गाउने व्यक्तिलाई दोहो¥याई–तेह¥याई संगठनमा राख्ने गरिएको छ । संगठनमा काम गर्न नसक्ने, संगठनलाई भजाएर खाने व्यक्ति हाबी भएका छन् । एमाले सरकारको पालामा सामाजिक सञ्जालमा भए नभएको कुरा पोस्ट गरी प्रचार गर्ने सूर्य थापा अहिले गुमनाम भएका छन् भने थापाको गृहजिल्ला प्युठानमा पार्टी कार्यकर्ताले विरोध गरेपछि थापा त्यहाँ जान सकेका छैनन् भनिन्छ । यस्तै प्रेस चौतारीको नाम भजाएर खाने २÷२ पटक लिसो टाँसिएजसरी टाँसिएका गणेश बस्नेतले चौतारीको नाममा कति उठाए यसको जानकारी कसैले राखेको छैन । चौतारीमा योग्यता र क्षमता भएका पत्रकार धेरै छन् । चौतारीले कस्तो भूमिका निर्वाह गर्छ गणेश बस्नेतलाई थाहा होला । गणेशले गर्दा चौतारीले देशभरि नै हार खानुपरेको उदाहरण नै छ । चौतारीको ९औँ सम्मेलन गर्ने भनेर पोखरामा चार÷पाँच दिनसम्म चौतारी खेमाका पत्रकार पोखरामा भेला भएका थिए । पत्रकारको ‘प’ पनि नगरेको व्यक्तिलाई प्रतिनिधि बनाएर ‘आफ्नै राँड देशै भाँड’ गराएर प्रेस चौतारीकोटका अध्यक्ष भएका छन् भने जुझारु पत्रकार विस्थापित भएका छन् । आगामी दिनमा प्रेस चौतारीले गएको पत्रकार महासंघको चुनावमा जित हासिल पार्न सकेन भने देशैभरिबाट हार बेहोर्नुप¥यो । भविष्यमा पनि चौतारीले जित हासिल गर्नेछ भन्ने विश्वास प्रेस चौतारीले गरेको छैन । चौतारीमा भएका पत्रकार लाखा–पाखा लाग्दैछन् । चौतारीमा लामो समय बिताएका पुराना पत्रकार प्रेस चौतारी छाड्दै गएका छन् । वास्तविक पत्रकारले प्रेस चौतारी त्याग्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *