सूर्यलाई गिज्याउँदै जनमोर्चा

समाचार

प्यूठान । गालीगलौज र उखान टुक्काको उपाधी दिए फरक नपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा चर्का गाली पुराण वाचक सूर्य थापाको गृह जिल्लामा एकै गाउँपालिकाको एउटै वडाबाट ७० जना जोशिला युवाहरूले एमाले परित्याग गरेर केन्द्रीय सदस्य थापालाई गिज्याए ।
सूर्य थापा पार्टीस्तरमा प्युठानको इञ्चार्ज पनि हुन् । उनले माधव नेपाल र माआवादीको सत्तोसराप गर्दै हिँडेका छन् । जबकि प्युठानका माओवादी नेता कृष्णध्वज खड्का प्रदेशको सरकारका भौतिक मन्त्री छन् । थापाको छुद्रताले एमालेकै ओली पंक्तिले आक्रोश प्रकट गर्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट सूर्य थापालाई प्रेस चौतारीको कमाण्ड गर्न नदिनुको कारण पनि एमालेभित्रै सूर्य थापाको पत्रकारिताप्रति प्रतिशंका उब्जनु हो ।
चौतारीको कमाण्ड गर्न माधव नेपाललाई घात गरेर ओलीतिर लागेका उपाध्यक्ष विष्णु पौडेलका ज्वाइँ विष्णु रिजालको जिम्मा लगाइएको छ । थापा पत्रकार महासंघको चुनावका बेला उम्मेदवारको टिकट दिने हैसियतमा थिए । थापाको कमाण्डले चौतारीलाई ठूलो संगठन बनाएर पत्रकार नै नभएको संस्था प्रेस नेपालसँग मोर्चाबन्दी बनाएको फाइदा चौतारी निल भयो । अब एमालेसँग नेकपा मसालले समेत चुनावी मोर्चामा एकता नगर्ने भनेको छ । एमसिसीमा एमाले बिचौलया भयो, माओवादी र समाजवादी परिवर्तनसहित पारित गर्ने पक्षमा थिए । मसालले विरोध गरेको थियो ।
अहिले प्युठानमा गुमेको संगठन फर्काउन मोहनविक्रम सिंह र चित्रबहादुर केसी स्वयं खटेका छन् । चैत १ गते सिंह खलंगास्थित मित्रमणि स्मृति भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि थिए । एमाले त्यागेर मसाल प्रवेश कार्यक्रम भने सराङकोटमा आयोजना भएको थियो । त्यहाँ युवा संघले मार्चपास र प्रशिक्षण दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *