शर्त राख्दै सहयोग माग्दै

समाचार

काठमाडौं । एमालेबाट फुटेर जाँदा वामदेवले समेत नपत्याएको नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेको भरमा स्थानीय चुनावमा अस्तित्व राखेको छ । तर विरोध गर्न भने त्यस पार्टीका नेताले छाडेका छैनन् । एमालेमा बस्दा गुट बनाएन भनेर गुटबन्दीमा रमाएकाहरुले झलनाथलाई सहयोग गर्ने टिम पनि रहेन । वामदेव पनि गएनन् । वामदेवले छुट्टै पार्टी बनाए । गठबन्धन नछाड्ने, मौका परे वाम गठबन्धनलाई जोड दिने भनेको समाजवादीलाई धम्क्याएर फाइदा लिन खोजेको देखिन्छ । वामदेवको दाउ पनि त्यही हो । वामदेवको पार्टी देशभर कहिले विस्तार होला ? जसले पार्टीको नाममा ठगी गर्ने, डिबी कार्कीलाई महासचिव बनाउँदा नेकपा राष्ट्रिय अभियान बनाए कुदेका छन् । गौतमले पार्टी एकता गरेको दाबी गर्दा नेकपा एकीकृत समाजवादीले समेत पत्याएको छैन । गौतमले कुन दलसँग पार्टी एकता गर्लान् वामदेवलाई कसले सहयोग गर्ला ? नेकपा माओवादी र एमाले बिचमा पनि गठबन्धनकै कुरा आएको छ । तर एमालेले भरसक माधव नेपाल र वामदेव मिलाउन नसक्ने भएर नै समाजवादीले सत्ता गठबन्धनमा च्याखे थापेको छ । वामदेवको दाउ त्यही हो । किनकि सत्ता गठबन्धनको तयारी सुरु भएको छन् ।
समाजवादीले एमालेसँग कडा शर्त राखेको छ । एमालेले महानगर प्रमुखमा निल खाएिको कारण एमालेबाट भएको विभाजन बिच पार्टी एकता जरुरी छ । तर ओलीको घमण्डले एकता गर्न कोही पनि तयार छैनन् । जसले केपीको स्वार्थ पुरा होला तर एमालेका नेता ओलीले आफु साँढे, अरु बाच्छा र बोका भनेको कसैले बिर्सेका छैनन् । वाम गठबन्धन एमालेकै कारण नहुन सकछ । किनकि वामदेवलाई सांसद बनाइदिएको गुण तिर्नुछ । त्यसैले उनी पार्टी घोषणा गरेर पहिलो पटक ढोग भेट गर्न केपी ओलीकै दरबार बालकोट पुगेका थिए । ओली पार्टी एकता र गठबन्धनबाट आफैं राजा बन्ने बाहेक अरुको कुरा सन्दैनन् । किनकि पहिलाको नेकपा एमाले आज तीन टुक्रा भएको छ । यसको जिम्मा सत्तामा जो छ उसले लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *