गठबन्धनलाई अब सिट बाँडफाँटको चुनौती कम्युनिष्टहरुको बीचमा एक्लो कांग्रेस

समाचार

नेपाली कांग्रेसको अन्ततः सत्तारुढ गठबन्धन मार्फत् नै स्थानीयदेखि प्रदेश र संघीय निर्वाचन लड्ने निर्णय गरेको छ । यो निर्णय नेपाली कांग्रेसले हिजो केन्द्रिय कार्य समिति मार्फत् गरेको हो । संस्थापना इतर पक्षका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्व महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस एक्लै चुनावमा उत्रनु पर्छ भन्ने अडान राख्दा सभापति शेरबहादुर देउवाले कांग्रेस एक्लै चुनावमा उत्रँदा २०७४ सालको नियति भोग्नु पर्ने उल्लेख गर्दै राम्रो उपलब्धीका लागि गठबन्धन मार्फत् चुनावमा उत्रनु पर्ने अडान राखेपछि र सभापति समेत रहेका प्रधानमन्त्री देउवाको यो अडानलाई शर्त सहित अधिकांश केन्द्रीय सदस्यले समर्थन गरेपछि नेपाली कांग्रेस गठबन्धन मार्फत् तीनै तहको निर्वाचनमा जाने निर्णयमा पुगेको हो ।
अब सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी, केन्द्र एकीकृत समाजवादी, जनता समाजवादी सँगै गठबन्धनमा रहेको तर सरकारमा सामेल नभएको राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन नै तीनै तहको निर्वाचनमा संयुक्त रुपले उत्रने भएको छ । नेपाली कांग्रेस सबै स्थानीय तहमा सहकार्य गरेर अगाडि बढ्ने निर्णयमा पुगेको भएपनि खास गरेर उपमहानगरपालिका र महानगरपालिकाको निर्वाचन गठबन्धनको पहिलो प्राथमिकतामा रहेको छ । यस मध्ये पनि भरतपुर महानगरपालिका प्रति राजनीतिक क्षेत्रको मात्र होइन आम जनताको समेत चासो रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाललाई दोहो¥याएर भरतपुर महानगरपालिकको मेयर बनाउने उद्देश्यका साथ स्थानीय तहको गठबन्धनलाई जोड गरेका हुन् भन्ने भनाई राजनीतिक क्षेत्रमा आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालको पराजयको इतिहास नदोहोरियोस् भनेर सरकारमा रहेका दलहरुसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रनु पर्ने तर्क गर्दै अडान राखी रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने प्रतिगमनको खतरा अझै समाप्त भई नसकेको भन्दै गठबन्धन नै चुनावमा उत्रनु पर्ने तर्क गर्दै आएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका लागि प्रतिगमनको भूतलाई अगाडि सार्ने गरेका भएपनि आफ्नो पार्टीको संगठन कमजोर भएको कारण नेपाली कांग्रेससँग मिलेर चुनाव लड्दा सफलता हात लाग्ने र नेकपा एमालेलाई असफलताको स्वाद चखाउने उद्देश्य राखेर गठबन्धन प्रति अडान राख्दै आएका हुन् । नेपाली कांग्रेसले समेत गठबन्धनको पक्षमा सहमत भएपछि अब २०७९ साल वैशाख ३० गते हुने भरतपुर महानगरपालिकाको चुनाव परिणाम प्रति सबैको ध्यान आकर्षित भएको छ । किनभने भरतपुर महामनगरपालिकामा रेणु दाहाल नै माओवादी केन्द्रको तर्फबाट दोहो¥याएर उम्मेदवार हुने सम्भावना बलियो रहेको छ ।
समाचार अनुसार ६ मध्ये २०७४ सालमा विजय पाप्त गरेको उपमहानगरपालिका र विराटनगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट गठबन्धनको तर्फबाट उम्मेदवार दिने निश्चित जस्तै देखिएको छ । यसैगरी भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले मेयरको लागि उम्मेदवारी दिने सम्भावना बलियो भने पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले नै गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवा दिने देखिएको छ । वीरगञ्न महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीले उम्मेदवार उठाउने सम्भावना बलियो रहेको छ । मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनका सबै दलले दाबी गरेपनि अन्ततः नेपाली कांग्रेसले नै यो महानगरपालिकामा मेयरका लागि उम्मेदवारी दिने सम्भावना रहेको छ ।
गठबन्धनमा रहेका पाँच दललाई संघीय सांसदका लागि हुने १६५ स्थानको प्रत्यक्ष तर्फको निर्वाचन ठूलो चुनौती हुने दुखिएको छ । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले जम्मा २३ स्थानमा विजय प्राप्त गरेको थियो भने सरकारको घटक माओवादी केन्द्रले ३६ स्थानमा विजय प्राप्त गरेको थियो । यसैगरी सरकारको अर्को घटक जनता समाजवादीले २०७४ सालको आम निर्वाचनमा प्रत्यक्ष तर्फ १२ स्थानमा विजय प्राप्त गरेको थियो । २०७४ सालको यो निर्वाचन परिणाम अनुसार प्रत्यक्ष तर्फको सिटको बाँडफाँट गर्ने हो भने सबभन्दा बढी सिट माओवादी केन्द्रले पाउनु पर्ने देखिन्छ । तर अहिले सरकारको नेतृत्व गरी राखेको र २०७४ सालको समग्र आम निर्वाचनमा भने गठबन्धनमा रहेका अन्य दललाई पछाडि पार्दै आफू पहिलो स्थानमा आएको भन्दै नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ कम्तीमा सय सिटमा दाबी गर्ने सम्भावना देखिएको छ । सय सिटमा दाबी गर्दा पनि २०७४ सालको आम निर्वाचनमा कांग्रेस, माओवादी गठबन्धनको कारण पराजित भएका सबै कांग्रेसी उम्मेदवारलाई जिताउन र टिकट उपलब्ध गराउन सभापति देउवा सफल हुने देखिँदैन र यही मामिलामा संघीय निर्वाचनको संघारमा नेपाली कांग्रेसमा फेरि अन्तरघात र विद्रोह हुन सक्ने सम्भावना देखिएको छ । यसैगरी अहिले नेकपा एमालेले विजय प्राप्त गरेको सबै स्थानमा आफूले उम्मेदवारी दिन पाउनु पर्ने दाबी गरी राखेको एकीकृत समाजवादीको व्यवस्थापन गठबन्धनका नेताहरुलाई अर्को समस्या र चुनौती हुने देखिएको छ । यो दाबीलाई मान्ने हो भने गठबन्धनले काठमाडौं र पोखराको महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन एकीकृत समाजवादीलाई अगाडि सार्नु पर्ने हुन्छ ।
सरकारमा रहेका पाँच दलहरुका बीचमा यो गगठबन्धन २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा साठी भन्दा बढी प्रतिशत स्थानीय तहमा विजय प्राप्त गरेको र यसैगरी सम्पन्न आम निर्वाचनमा १२१ स्थानमा विजय प्राप्त गरेको प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई साइजमा राखेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको राजनीतिक भविष्य सुनिश्चित गर्न सँगै नेपाली कांग्रेस पहिलो स्थानमा आउनका लागि बनेको यो गठबन्धन हो । तर आम निर्वाचनमा प्रत्यक्ष तर्फको निर्वाचनमा गठबन्धनले केही असर पु¥याएपनि समग्रमा निर्वाचनमा भने त्यति असर पु¥याउने देखिँदैन । किनभने २७५ स्थानको संसदमा प्रत्यक्षबाट १६५ जना चुनिने सँगै समानुपातिक तर्फबाट ११० सांसद चुनिन्छन् र समानुपातिक तर्फको निर्वाचनमा गठबन्धन र तालमेलले कुनै असर पु¥याउँदैन । गठबन्धनमा रहेका जनता समाजवादी र नेपाली कांग्रेस बाहेकका दलहरु कम्युनिष्ट पार्टी हुन् । र, जनता समाजवादीका शीर्ष नेताहरु उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईको राजनीतिक पृष्ठभूमि पनि काम्युनिष्ट हो । यसरी कम्युनिष्ट शक्तिहरुका बीचमा एक्लो कांग्रेस गठबन्धन गरेर चुनावी मैदानमा उत्रन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *