विद्याका निम्ति ईश्वर खरानी

राजनीति समाचार

काठमाडौं । पार्टीमा ओली, युवामा ओली र विद्यार्थीमा ओलीको हाइहाई चम्काएर नेकपा एमालेको संगठन निर्माण गर्दा हिजो व्यक्ति केन्द्रित शैली हटाउन नसक्ने ताहरु आज ११ औं महाधिवेशनमा अध्यक्ष ओलीकै प्रतिस्पर्धी बन्न खोज्दै छन् । टीम बनाएर प्रतिस्पर्धामा जाने तयारी गरेका ईश्वर टिक्छन् शंका छ ।

स्वार्थका लागि झलनाथ, माधव हुँदै पछिल्लो चरणमा ओलीकै साथमा वरिष्ठ उपाध्याध्यक्ष भएका ईश्वरलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सघाए पनि उनको टीमबाट महाधिवेशन प्रतिनिधि कति आउँछन् ठेगान छैन । झण्डै २२ सय प्रतिनिधि ११ औं महाधिवेशनमा जुट्ने अपेक्षा गर्दा पार्टी सचिवालयको कोटा थप हुँदा १ सयदेखि १ सय ५० पुग्ने हो ।

पोखरेलले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ र कर्ण थापाको साथ पाएका छन् । अन्त माओवादीबाट गएर दोस्रो दर्जा बनेका राम बहादुर थापा, लेखराज भट्ट, जेलजीवन बिताउँदै गरेका टोपबहादुर रायमाझीको साथ ओलीमै रहन्छ कि पोखरेलतर्फ जान्छ त्यो निश्चित छैन । पोखरेलले अध्यक्ष ओलीले आफूलाई सघाउने आश गरेका छन् । आजको १३ औं दिन अर्थात् २९ मंसिरमा एमालेको नयाँ नेतृत्वका लागि चुनाव हुनेछ ।

ओलीको टीममा शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृक्ष्वी सुब्बा गुरुङ रहेका छन् । पार्टी नेतृत्वमा दुई वर्षे कार्यकालसम्म उमेर हुँदा र पार्टी क्रियाशीलताका कुरा थिए । एमाले विधान महाधिवेशनले उमेरहद र अवधि हटायो । त्यो अध्यक्ष ओलीकै चाहना थियो ।

पार्टीमा विषयगत मन्थन हुनै नदिने आफू बोल्ने अरुका मत सामुहिक छलफलमा धकेल्ने ओली सिद्धान्तले एमाले गुजुल्टिएको छ । यो बेला सरकार पार्टीको छैन । कल्पना नगरिएको पद र कुर्सी खोसियो । कारण अन्तरपार्टी संघर्षले एमालेमा नेतृत्व परिवर्तन गर्ने अपेक्षा गरिँदै छ । महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया हेर्दा ७०÷३० प्रतिशत जस्तो देखिन्छ । तर, पनि ईश्वर पोखरेल खरानी बन्न तयार किन भए शंका छ । किन कि उनी स्वार्थभन्दा टाढा जान सक्ने नेता होइनन् । बदनामी उनको गौण पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *