आइपिएलमा आज रोयल च्यालेन्जर्स र सनराइजर्स भिड्दै

खेलकुद समाचार

काठमाडौं । आज आइपिएल अन्तर्गत आज एक खेल हुँदैछ ।

रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच हुने यो खेल लखनउमा हुने छ । यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुगिसकेको छ र यो खेल जितेर बैंगलुरुले आफुलाई शिर्ष दुई स्थानमा राख्ने प्रयास गर्ने छ ।

त्यस्तै सनराइजर्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिसकेको छ । त्यसैले पनि सनराइजर्सका लागि हार र जितले कुनै असर गर्ने छैन । यसअघि यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच हुन लागेको यो पहिलो खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *