काठमाडौं । १५÷१६ समूह र झुण्डबाट बने नेपाली कम्युनिस्ट पार्टीको सचिवालयबाट चल्दैछ । माओवादी, एकीकृत समाजवादी, जसपाको विद्रोही पक्ष, समाजवादीजस्ता साना, ठूला, टुक्रा, चोइटा, झुराले बनेको भीमकाय देखिने प्रचण्ड–माधव भंगालेमा केन्द्रीय सदस्य बन्ने आकांक्षीको चित्त बुझाएर महाधिवेनशन गर्न हम्मेहम्मे बन्दै छ । माओवादी र एकिकृतका सचिवालय नै जम्बो थियो । पदाधिकारीहरु सचिवालयमा रहने विधानको व्यवस्था छ । नेपाली कम्युनिस्ट पार्टीले नयाँ विधान निर्माण गर्ने कार्यदल बनाएको छ ।
पार्टी निर्वाचन आयोगनमा दर्ता भएपछि थपिएका नेताको व्यवस्थापन थप चुनौती बन्दै छ । त्यहाँ प्रचण्ड, माधव, झलनाथ, नारायाण काजी, वामदेव, भीम रावल, देव गुरुङ, पम्फा भुषाल, राजेन्द्र पाण्डे, बेदुृराम भुषाल, जगन्नाथ खतिवडा, विरोध खतिवडा, लिलामणि पोख्रेलजस्ता नेता दोस्रो सूचीमा छन् । एकताबाट आएको टोली चुनावमा टिकटको अपेक्षा गर्छ । १ सय ६५ निर्वाचन क्षेत्रमा उठ्ने अनुहार धेरै पुरानै देखिँदा जेनजी पुस्ताको विद्रोह कसले सम्वोधन गर्ला ?
नेकपा एमालेमा प्रवेशको लहर छैन । त्यहाँ ११ औं महाधिवेशनकै रन्को छ । त्यो रन्कोभित्र अध्यक्षका प्रतिस्पर्धी दरिला बन्दै छन् । एमालेमा केपी ओली, माओवादीमा प्रचण्ड, कांग्रेसमा देउवा र एकीकृत समाजवादीमा माधव नेपालको शक्ति नै राजनीतिमा निर्णायक बन्दै गरेको पुृरानो संरकार हटाएर संगठनमा पारदर्शीता ल्याउने, व्यवस्थापनमा सुदृढ संकल्पित शक्तिको अपेक्षा गरिएको जेनजी आन्दोलन ठूला संसदवादी शक्ति कांग्रेस र एमालेमा प्रवेश भएको छैन ।
सरकारमा सहभागी मन्त्रीहरु स्वयम् नातावाद, कृपावादमा लागेका छन् । दलहरुमा जेनजी पुस्तालाई पार्टीमै स्थान दिने अवस्था छैन । नेपाली कम्युनिस्ट पार्टीले जेनजीको आवाज सम्वोधन गर्दा भित्रिने र बाहिरिने होडवाजी चल्थ्यो । कांग्रेसमा ४० प्रतिशत स्थान युवाले पाउनुपर्छ भन्ने आवाज उठे पनि पदाधिकारी बनेकाहरु बारम्बार दोहोरिने रोग नहटेसम्म दलीय स्वरुप फेरिने छाँट छैन ।

