देशभर १३ वटा रिक्त रहेको वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारी

राजनीति समाचार

काठमाडौं । स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेकोले उपनिर्वाचन गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

आयोगका आयुक्तहरुले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको तयारीबारे छलफल गरेका हुन् । भेटमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको छ ।

कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सकिने आयोगको प्रस्ताव रहेको छ । प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नंं १ (२) को रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *