पत्रकार अहिराजले गरे सरकारी जग्गा कब्जा

समाचार

काठमाडौं । एउटा साधरण पत्रिका चलाउने व्यक्तिको हैसियत र भूमिका के हुन्छ ? मधेश मिडिया हाउसको नाममा विगत केही बर्षदेखि अनामनगरमा कार्यालय खोलेर पत्रिका चलाइरहेका डा राजेश अहिराज मधेश मामिलाको जानकार । मधेशका नेतालाई गाली गरेर नथाक्ने उनी खुबै आर्दशबादी कुरा गर्दछन् तर उनको आर्दश पनि हात्तीको दाँतजस्तै,देखाउने एउटा चपाउने अर्काे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मधेश प्रदेशको प्रदेश प्रमुख बनेका अहिराजले धोबीखोला हडपेर घर बनाएको फेला परेको छ । डा. राजेश अहिराजले काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२–११४६–०२ को कित्ता नम्बर ४३१ को सरकारी जग्गा हडपेर २ तले घर बनाइ भाडा खाइरहेका छन् । त्यस्तै साढे ५ तले घर बनेको कित्ता नम्बर ७३८ समेतको जग्गा नापीको फिल्डबुकमा साबिक धोबीखोला उल्लेख छ । यसरी सरकारी जग्गा हड्पेर उनले भाडामात्र खाइरहेको होइन नै बंगला नै ठडाएको फेला परेपछि काठमाडौं महानगरपालिकाले एक्सन लिएको छ । वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र सप्रमाण उपस्थित हुन मधेश प्रदेशका पूर्व प्रमुख राजेश झालाई पत्र काटेका हुन ।
तर यी वडा अध्यक्ष पनि उनै काठमाडौंका मेयर बालेन शाह विनोद चौधरीसँग गलेझैं गल्ने हुन वा सरकारी जग्गा हडपेर भाडा खाने र घर ठडाउने भूमाफियालाइ कारवाही गरेर देखाउन सक्ने हुन त्यो चाहिँ हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *