निजामति दिवसमा पनि सरकारको हेलचेक्राईँ

राजनीति समाचार

काठमाडौं । विगतका वर्षहरुमा निजीमती दिवस भव्य रुपमा मनाउने गरिन्थ्यो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशसको भौतिक संरचना क्षतिग्रस्त भएसँगै ७२ जनाले ज्यान गुमाएका थिए । सो आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्व सरकारले निजामती दिवस झारा टार्ने नाममा मात्रै मनाएको थियो । रास्वपाको बालेन नेतृत्वको सरकार बनेपछि झन् निजामती कर्मचारी संघ, संगठनहरु खारेज गरेर संगठित कर्मचारीहरुलाई तितरवितर बनाउने काम गरेको छ । अहिले दलनिकट कर्मचारी संगठनहरु छैनन् । कर्मचारी संगठनका नेताहरु पनि संगठन भङ्ग गएपछि गुमनाम भएका छन् । भूमि, सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावलले यसपालि निजामती सेवा दिवस नमनाउने घोषणा गरेपछि कर्मचारीभित्र भुईँचालो गएको थियो । निजामती दिवस बनाउने बजेट बाढीपिडीलाई सहयोग गर्ने भनेर कटाइदिएकी थिइन् । मन्त्री रावलले निजामती दिवस मनाउने बजेट कट्टा गरिदिएपछि दिवस पनि स्थगित गरिएको थियो । त्यसले गर्दा कर्मचारीहरुले आफ्नो हकअधिकार गुमेको महसुस गर्न थालेका छन् ।

रास्वपा सरकार बनेको ६ महिला पुग्न लाग्दा प्रशासन क्षेत्रमा सुधारका काम भएका छैनन् । संघीयमन्त्री प्रतिभा रावलले राजनीतिक दलनिकट कर्मचारी संगठनमा आबद्द भएका कर्मचारीहरुलाई अन्यत्र सरुवा गरेर उनीहरुको ठाउँमा नयाँ कर्मचारी भर्ना गरेपछि उनीहरुले पुरानाले जस्तो काम गर्न सकेका छैनन् । सरकारी कार्यालयमा सर्वसाधारणको काम सर्वसुलभ ढंगले गर्ने भनिए तापनि नयाँ कर्मचारीहरुलाई अनुभव नभएको, पुराना फाइलहरुको भेउपाउन नसकेको र पुराना कर्मचारीले बनाएको सिस्टममा काम गर्ने अनुभव नभएकाले सेवाग्राहीले सास्ती खेपिरहेका छन् । पछिल्लो समय झन् निजीमती कर्मचारीहरुलाई ३० वर्ष सेवा अवधि र ५५ वर्षे उमेर हद लगाएर हटाउने भनेपछि अधिकांश कर्मचारीले काम गर्न छाडेका छन् । कतिपय उपसचिव र सहसचिवहरुलाई फाजिलमा राख्ने कारणले पनि सरकारी कार्यालयमा सेवाग्राहीको काम हुन छाडेको छ । कर्मचारीहरु पनि बरु जागिर गए जाहोस् तर सेवाग्राहीको काम नगर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसले गर्दा आम कर्मचारी वर्गहरु सरकारसँग रुष्ट बनेका छन् ।

उता, दलनिकट भएर संगठनमा बसेका र पुस्तौपुस्तालाई पुग्ने सम्पत्ति जोडेकाहरु दल फेरेर रास्वपाको भक्त हुन थालेका छन् । सरकारले दलनिकट उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छाविन गर्ने भने तापनि त्यो गर्न सकेको छैन । हिजोका दिनमा विभिन्न दलको भ्रातृ संगठनमा बसेर अकुत सम्पत्ति कमाएका कर्मचारी सुरक्षित अवतरणको खोजीमा रहेका छन् । त्यसले गर्दा जुनसुकै पार्टीको सरकार बने तापनि सेवाग्राहीहरु सास्ती खेप्न वाध्य भएका छन् । पुराना दलका नेताको आडमा अकुत सम्पत्ति आर्जन गर्नेहरु यतिबेला निसासिएका छन् ।

उता दलको आड र भरोसामा कमाएकाहरु आज दललाई अप्ठ्यारो पर्दा नसहयोग गर्न सकेका छन् न त बोल्न सकेका छन् । उल्टै पार्टी परित्याग गरेर रास्वपाको भक्त हुन थालेका छन् । रास्वपाको सरकारले जसरी भएपनि दलनिकट कर्मचारीहरुलाई पन्छाएर नयाँ कर्मचारी भर्ना गर्ने आफ्नो फेबरमा काम कर्मचारीको भर्तीकेन्द्र बनाइएको छ । तर, सरकार सधैं स्थायी हुदैन । भोलि अर्को सरकार बन्न सक्छ । रास्वपा सरकारले पुराना दलका कार्यकर्ता भएको आरोप लगाएर सरुवा गर्ने र राजीनामा दिन वाध्य बनाएर नयाँ कर्मचारी भर्ना गर्दा भोलि आउने सरकारले त्यस्तै पूर्वाग्रही काम नगर्ला भन्न सकिँदैन ।

सरकारले निजामती नमनाउँदा कर्मचारीहरुको हक अधिकार गुमेको छ भने निजामती पुरस्कार पनि गुमेको छ । निजामती पुरस्कार पाउनेहरु दुर्गम र विकट जिल्लामा खटेर राष्ट्र र राष्ट्रियताको लागि इमानदारपूर्वक काम गर्ने कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी पुरस्कार दिने गरिएको थियो । तर, यसपालि रास्वपाको सरकारले २३ औं निजामती दिवस मनाउन नदिएर कर्मचारीहरुलाई निराश बनाएको छ । राष्ट्रसेवक कर्मचारीहरुलाई सरकार फेरिएपिच्छे सरुवा गराउने राजीनामा दिन वाध्य गराउने गर्दा विकास निर्माणका कामदेखि सेवाग्राहीको कामसमेत प्रभावित भएको छ । त्यसले गर्दा यतिबेला निजामती कर्मचारीहरुलाई जागिर ‘नखाउ भने दिनभरको सिकार खाउँ भने कान्छा बाबुको अनुहार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *