ओली इतिहासकै एक कुपात्र

समाचार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई रावण, कंस, शिशुपाल र हिटलरसँग तुलना गरे । काठमाडौँमा आइतबार भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन्।
उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए। अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणीसमेत गरे। हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति देखाइरहेको उनको आरोप थियो।‘केपी ओलीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृत्तिहरु देखिए, कंशमा के के प्रवृत्तिहरु देखिए, शिशुपालले सय वटा के के अपराध ग¥यो र हिटलरले के के कुकृत्य गरेको थियोरु ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्’, नेता नेपालले भने, ‘डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो। डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कांग्रेस वा भनौँ हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिँदा रहेछन्।’

डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरुको आवरणमा पनि तानाशाह जन्मिने उनले औंल्याए। ‘कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने होइन’, अध्यक्ष नेपालले भने, ‘यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृत्ति हो।’ कम्युनिष्टहरू सबै तानाशाह नहुने नेपालले बताए । तर, कम्युनिष्टको आवरणमा पनि तानाशाहरू जन्मिनसक्ने भन्दै उनले ओलीको उदाहरण दिए । ‘कांग्रेसलाई के भन्नुप¥यो भने कम्युनिष्टलाई अधिनायकवादी भन्छन्, त्यस्तो होइन । कम्युनिष्टको आवरणमा तानाशाहहरू जन्मिन सक्दा रहेछन् । यो पात्र विशेषमा उत्पन्न भएको विकृति हो । यस्ता कुपात्रहरू इतिहासको कालखण्डमा देखिन्छन् । केपी ओली त्यस्तै एक कुपात्र हुन्, राजनीतिमा लागेका सबैलाई चेतना भया ।’ नेपालले भने । समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उनले कांग्रेसलाई चेतावनी दिए । ‘मैले कांग्रेसका नेताहरूलाई पनि भनेँ । तपाईंहरूले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ । अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?’ इतिहासको कालखण्डमा ‘कू’ पात्र जन्मिइरहने चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रजातन्त्रमा पनि ‘कू’ पात्र जन्मिने गरेको बताए ।‘केपी ओली कम्युनिष्टको आवरणमा जन्मिएका तानाशाह हुन्, त्यही प्रवृत्ति उनमा छ’ उनले भने, ‘यो प्रवृत्तिले संघीयता र लोकतन्त्र समाप्त हुन्छ ।’ समाजमा सबै प्रवृत्तिका मान्छे हुने बताउँदै अध्यक्ष नेपालले भने, ‘केपीको पार्टी र एकीकृत समाजवादीमा हुर्किएका प्रवृत्ति के(के हुन्, त्यो हामीले केलाउनुपर्छ ।’ संसारमा असम्भव भन्ने चिज केही पनि नहुने भन्दै उनले त्यसका लागि त्याग, निष्ठा, समर्पण, मेहनत, लगनशीलता आवश्यक पर्ने र निरन्तर साधना गर्नुपर्नेमा जोड दिए ।एकीकृत समाजवादीप्रति देशभर जनलहर बढेको चर्चा गर्दै अध्यक्ष नेपालले त्यसको पुष्टि जनवर्गीय संगठनहरुले समेत गरिरहेका बताए । उनले समाचार लेख्नका लागि मात्रै लेख्न नहुने भन्दै लेखाई सन्देशमूलक र पढौँ(पढौँ लाग्ने किसिमको हुनुपर्ने बताए ।

उनले ओली दक्षिणपन्थी भएको दाबी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे । तर आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उनको भनाइ थियो । त्यसका लागि काग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए । अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् । एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको नेपालको दाबी छ । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको उनले बताए ।

डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो। डेमोक्रेसीले नै जन्माएको हो हिटलर। डेमोक्रेसीले राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कांग्रेस वा भनौँ हाम्रा विपक्षीहरूलाई के भन्नुपर्छ भने कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिस्टको आवरणमा पनि तानाशाहहरू जन्मिदारहेछन्। डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिस्टहरूको आवरणमा पनि तानाशाह जन्मिन्छ। कम्युनिस्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन। यो पात्रविशेषमा उत्पन्न भएको विकृत प्रवृत्ति हो,’ अध्यक्ष नेपालले भने। एनले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन । ‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हँुदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नि आरजु राणाको पनि प्रशंसा गरेका छन् । ‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’ देउवाप्रति पुरै विश्वस्त देखिएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःसर्त गराउन खोजेको तर त्यसका लागि चारवटा सर्त राखेको पनि खुलाएका छन् ।
‘एमसीसी पारित गराउनका लागि शेरवहादुरजीलाई चारवटा सर्त राखियो, यो सर्त पूरा गर्ने हो भने विनासर्त एमसीसी पास गर्छु केपी ओलीले भनेका रहेका छन,’ नेपालले भने, ‘तर, उहाँले (देउवा) मान्नुभएन ।’ नेपालका अनुसार एकीकृत समाजवादीका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले तुरुन्त कारबाही गर्नुपर्ने, यदी सभामुखले कारबाही नगरेमा राजीनामा दिनुपर्ने पहिलो सर्त राखेका थिए । दोस्रो सर्त एकीकृत समाजवादीको वैधाानिकतालाई रद्द गरिदिने, तेस्रो पाँच दलको गठबन्धनलाई भंग गरिदिने र चौथो तीनवटा प्रदेशका मुख्यमन्त्री एमालेको भागमा दिनुपर्ने सर्त राखेको, तर प्रधानमन्त्री देउवाले अस्वीकार गरेका नेपालले जानकारी दिएका छन् ।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाएको बताएका छन् । नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको बताएका हुन् । ‘उनले (केपी ओली) ले त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान त ?’अध्यक्ष नेपालले प्रश्न गर्दै भने, ‘नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरू भए ।’ अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताए । ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको थियो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीको संसद विघटन प्रकरणबारे बताए । ओलीका त्यस्ता योजनाहरु आफुले थाहा पाएको समेत दावी गरे । उनले ओलीले सधैं हावादारी कुरा गरेर गोयवल्स शैलीमार्फत कुप्रचार गर्ने गरेको भन्दै सबै कुरा छाडेर व्यक्तिवाद हुँदै निरंकुशतन्त्रमा परिणत गरेको आरोप लगाए । अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताउनुभयो । प्रधानन्यायाधीश राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको अध्यक्ष नेपालले दाबी गर्नुभयो । ओलीका त्यस्ता योजनाहरु आफूले थाहा पाएको उनको भनाइ थियो । नेपालले पार्टीको संगठन विस्तार तीव्र गतिमा भइरहेको बताएका छन् ।

उनले पाटीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका हुन् । पार्टी संगठनप्रति मानिसहरूको आकर्षण बढीरहेको उनले दाबी गरे । यसलाई सकारात्मक पक्षका रुपमा तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनलाई निर्देशन समेत दिए । नेपालले केपी ओली कै निरङ्कुश प्रवृत्तिका कारण दुई तिहाइ सरकारको नेतृत्वबाट उनी बाहिरिनु परेको र सबै प्रदेशबाट पनि एमाले निस्कनु परेको बताएका हुन् । उनले भने, ‘एउटा उखान छ नि ? ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले । पार्टीलाई साथमा लिएर गएको भए , जनताको विश्वासको जगेर्ना गरेको भए, पार्टीका नेताहरूलाई साथमा लिएर अगाडी बढेको भए पार्टीको विचारलाई आत्मसात् गरेको भए अहिले यस्तो अवस्था आउँथ्यो ? उनले यस्तो प्रतिप्रश्न गदै थपे रुसमा यस्तै तानाशाह गोर्भाचेभ जन्मिएका थिए, नेपालको कम्युनिस्ट आन्दोलनमा पनि केपी ओली नामका गोर्भाचेभ जन्मिए । उनले रुसमा गोर्भाचेभले लामो समय शासन गरेर समाजवाद,कम्युनिस्ट आन्दोलन सिध्याए झैँ केपी ओलीले पनि त्यही प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको आरोप लगाए । ओलीले पार्टीलाई सामूहिक भावनाले होइन एकलौटी ढङ्गले चलाएर पेल्न थाले पछि आफूहरूले विद्रोह गर्नु परेको उनको भनाई थियो । केपी ओलीले राज्य सत्ताको दुरुपयोग गरेको, कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त होइन, जालझेल गर्न, भ्रष्टाचार गर्न र लुट्न मात्रै सिकाउने गरेको उनको अर्को आरोप थियो। उनले अबको निर्वाचनमा केपी ओलीको एमालेलाई धुलो चटाएरै छाड्ने उद्घोष गरे । उनले भने –‘सुरुमा केपी ओलीका विरुद्ध उत्रिने तपाईकै जिल्लाका केहि नेताहरू पनि थिए । तर केहि मान्छेहरू कमजोर भए भन्दैमा सप्पै मान्छे त्यस्तै कमजोर मनस्थितिका हुन्छन् भन्ने होइन, हामीले साहसका साथ विद्रोह ग¥यौँ र कपी ओलीलाई परास्त गरेरै छाड्यौँ। उनले एमाले फुटाउने आरोप आफूहरूलाई लगाउने गरेको भ्रममा नपर्न आग्रह गर्दै भने–‘एमाले फुटाउने मात्र होइन,त्यत्रो ठुलो पार्टी नेकपा फुटाउने पनि केपी ओली नै हुन ।’
त्यस्तै अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए। उनले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरे। देशभर पार्टीको सङ्गठन दु्रत गतिमा निर्माण भइरहेको बताउँदै उनले भने, ‘हामी चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ।’ अध्यक्ष नेपालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताए। उनले राष्ट्रिय पूँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्क प्रस्तुत गरे।

पार्टीका उपमहासचिव एवं सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाले पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको झण्डा देशभर फराउन प्रचारप्रसारलाई तीव्र पारिने जानकारी दिए। सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको हक, हित र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच पत्रकार खेम भण्डारीले लेख्नुभएको ‘हावामहलको कुशल कारिगर’ कृति विमोचन गरिएको थियो। कृतिमा एमाले र मओवादी केन्द्रबीच चुनावी तालमेल र एकीकरणदेखि नेकपा बदर भएको झन्डै चारवर्षे कालखण्डका विषयमा लेखिएको छ। कृतिमा ‘चक्रवर्ती बन्ने चक्कर’, ‘ककपिटमा कोकोहोलो’, ‘वातावरण बन्छ, भत्कन्छ’, ‘खतरनाक आकाङ्क्षा, डरलाग्दो तयारी’ लगायत १३ शीर्षकमा विभाजन गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *