गगन ढाल्न राजन खोज्दै छन् प्वाल

समाचार

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापालाई सकेसम्म बद्नाम गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेको छ । काठमाडौं क्षेत्र नं. ४ का एमाले नता डा.राजन भट्टराईले महामन्त्री थापाको बाख्रा फर्म र गाई फार्मसम्बन्धी समाचार युट्युब च्यानलहरूबाट तानेर जोडजाड गर्दै प्रचारप्रसार गराएका छन् । प्राप्त समाचारअनुसार डा.भट्टराई थापाविरुद्ध समाचार हाइलाइट गर्न र फेसबुक सेयर गर्न खर्चसमेत व्यवस्था गर्ने गरेको उनका निकट सहयोगीहरूले बताएका छन् ।
स्थानीय चुनावको माहोल बनाउन कांग्रेसका नेताहरू पार्टीको अवस्था बुझ्न देशव्यापी दौडधुपमा छन् । पार्टी प्रवक्ता डा.प्रकाशशरण महत लुम्बिनी प्रदेशको दाङ र रूपन्देही हुँदै कर्णाली प्रदेशको सुर्खेत, सल्यानजस्ता पहाडी जिल्लाको भ्रमणमा सहभागी भएर फर्कंदै छन् । महामन्त्री थापाको भाग देशभर छ । युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा । प्रदीप पौडेल, गोविन्द भट्टराई, ध्रुव वाग्ले, शंकर भण्डारीहरूलाई कांग्रेसले पार्टीका जनसभाहरूमा खटाएर एमालेले छलेको भ्रम चिर्न जरूरी छ ।
कांग्रेसका युवाहरू पनि बोल्न सक्छन् । नीतिगत विषय उठाउन सक्छन् । एमालेले जस्तो विपक्षीको मानमर्दन नगर्ने नीतिगत सवाल उठाउँछन् । गगन थापाको भाषण जस्तालाई त्यस्तै हो । तर विश्वप्रकाश विपक्षीलाई गाली नगरी आफ्नो काम फत्ते गर्ने गर्दछन् । थापाले बाख्रापालनका लागि कृषि व्यापार र आयोजनामार्फत एडीबीले गरेको लगानी र अनुदानमा राम्रै रजाइँ गरेका थिए । उनले गाईपालन फार्मका लागि पनि राम्रै लिएका रहेछन् भन्ने कुरा अहिले राजन भट्टराईको टोलीले खोतल्दै छन् । एमाले कांग्रेसका गल्ती पाइलापाइलामा खोतल्छ । कांग्रेस ओलीका कार्यकर्ताहरूले नीतिगत लुट चलाएको देख्छ । तर प्रतिवाद गर्ने आँट गर्दैन किन ? के कांग्रेसी युवा नेताहरूको मुख बन्द भएको हो ? भन्ने प्रश्न मतदाताले उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *