काठमाडौं । अर्काले साथ नदिए चुनाव जित्ने सम्भावना छैन । गोरखामा जसपा नामको पार्टीको बोर्ड छ, कार्यकर्तालाई परिचालन गर्ने नेतृत्व छैन । डा.बाबुराम संगठक होइनन् । योजना उनी बनाउन सक्छन्, तर त्यसको कार्यान्वयन गराउन जनशक्ति चाहिन्छ । कांग्रेसलाई रसुवाको संघीय सांसद पद बेचेर आएको ६ करोड चुनाव खर्च सधैँ रहँदैन । डा.सापको पार्टीबाट सांसद भएका रसुवाका सांसद उर्गेन लामा कांग्रेस भइसकेका छन् । बागमती प्रदेशमा नयाँ शक्तिबाट उनी एक्लै थिए । संघमा डा.बाबुराम एक्लै जता लागे पनि एकल निर्णय गर्ने भए । गण्डकीमा मनु गुरुङ र हरिशरण आचार्य सांसद छन् । आचार्य गठबन्धनमा मन्त्री पनि छन् । जसपामा गठबन्धन डा.बाबुरामकै लागि जरूरी छ । मधेसमा उपेन्द्रलाई सीके राउतको पार्टीले अत्याएको छ । वर्तमान गठबन्धन तीनै तहको चुनावमा कायम गर्न कांग्रेस निहुँ खोज्दै छ ।
कांग्रेसमा भारतभक्त डा.शेखर कोइराला अब्बल गणतन्त्रवादी गगन थापा, रातो पासपोर्ट काण्डका चर्चित नायक धनराज गुरुङहरूलाई चुनावी मोर्चा जरूरी छैन । तर कृष्ण सिटौला, रामचन्द्र पौडेलहरू चुनावी मोर्चालाई जोड दिँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावपछि पनि प्रधानमन्त्री बन्नुछ । माओवादी र समाजवादीले समेत गठबन्धनको चुनावपछि बन्ने सरकारको नेतृत्व कांग्रेसलाई नै दिनेभन्दा एमालेका अध्यक्ष केपी ओलीलाई छटपटी भएको छ । त्यही कारण एमालेले महन्थ ठाकुर, सीके राउत, कमल थापा, राजेन्द्र लिङ्देनसम्मलाई चुनावी मोर्चामा मिलाउँदै छ । केपी ओलीलाई राजा बन्न जोसँग गठबन्धन गरे पनि जनताको बहुदलीय जनवाद ठीक हुन्छ । जनआन्दोलनको नेतृत्वकर्ता हरेक आन्दोलनको कमाण्डर संविधान जारी गर्ने शक्ति नेपाली कांग्रेससँग माओवादीले गठबन्धन अपवित्र हुने व्याख्या पो ताजुव लाग्दो बन्दै छ । ओलीले आफूजस्तै दूश्ट, दरिद्र, अहंकारी नेता अरू छैनन् भन्ने सोचेका छैनन् । उनले जस्तो मनपरि अरूले बोलेका पनि छैनन् । नेताले आफू इज्जतिलो बन्न अरूको पनि इज्जत राख्नुपर्छ भन्ने ख्याल नगर्दा जनताबाट साथ पाइँदैन भन्ने कुरा सोचेका छैनन् ।